भालुको आक्रमणबाट एकजना घाइते

भालुको आक्रमणबाट एकजना घाइते

३१ भदौ, बाजुरा
भालुको आक्रमणमापरि बाजुराको हिमाली गाउँपालिका ३ गुम्बाका ३२ वर्षीय मंगल भोटे थापा गम्भिर घाइते भएका छन् । वडाध्यक्ष ध्यान बहादुर रोकायाले जानकारीअनुसार सोमबार विहान जंगलमा भेडा चराउन गएका बेला भालुले भेडालाई आक्रमण गर्ने क्रममा थापालाईसमेत आक्रमण गरेको हो ।
थापाको टाउको लगायत शरिर भरि घाउ चोट भएर गम्भीर अवस्थामा रहेको वडाध्यक्ष रोकायाले बताए । नजिक स्वास्थ्य संस्था नभएकाले घाइतेको उपचार हुन नसकेको अध्यक्ष रोकायाले बताएका छन् । हेलिकोप्टरद्धारा उद्धारका लागि प्रदेश सरकारसंग पहल गरिरहेको उनले बताएका छन् । भालुले थापाका २ वटा भेडा पनि मारेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •