सुदूरपश्चिममा दिनदिनै बढ्दै डेंगुका विरामी

सुदूरपश्चिममा दिनदिनै बढ्दै डेंगुका विरामी

२८ भदौ, धनगढी
सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगुका विरामीहरु दिनदिनै बढ्न थालेका छन् । शनिबार साँझसम्म ४० जना डेंगुबाट प्रभावित भएका छन् । यस्तै स्क्रव टाइफसका विरामीको संख्या ५३ पुगेको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कैलालीमा सबैभन्दा बढी डेंगुका विरामी छन् । शनिबारसम्म १९ जना डेंगुका विरामीको पहिचान भएको मन्त्रालयले जनाएको छ । यस्तै ५ जनामा स्क्रव टाइफस भेटिएको छ ।
डडेलधुरामा सबैभन्दा बढी स्क्रव टाइफसका विरामी फेला परेका छन् । डेडेलधुरामा ३० जनामा स्क्रव टाइफस देखिएको छ । डेंगुबाट हालसम्म कैलालीपछि दार्चुलामा बढी संख्या देखिएको छ । दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटीमा १, अछाममा १ र बैतडीमा एक जनामा डेंगु देखिएको छ । यी मध्ये डोटीमा एकजनाको मृत्यु भइसकेको छ । स्क्रव टाइफस डेडेलधुराको छिमेकी जिल्ला बैतडीमा पनि बढी देखिएको छ । त्यहाँ ९ जनामा स्क्रव टाइफस फेला परेको छ । विरामीहरु कतिपय उपचारपछि घर फर्किसकेको र कतिपय उपचाररत रहेको मन्त्रालयका अधिकृत हेमराज खड्काद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सबै क्षेत्रबाट डेंगुको प्रभाव नियन्त्रण गर्न हातेमालो गर्न मन्त्रालयले आव्हान गरिएको भएपनि पहल भने भएको देखिएको छैन् । मन्त्रालयले ‘डेंगुको महामारीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन भनेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •