सुदूरपश्चिमका सबै स्थानीय तहमा पार्टी नेतृत्व चयन

सुदूरपश्चिमका सबै स्थानीय तहमा पार्टी नेतृत्व चयन

२७ भदौ, धनगढी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारीको बैठकले प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । भदौ २५ र २६ गते धनगढीमा बसेको बैठकले ९ जिल्लाका सबै स्थानीय तहमा नेतृत्वको चयन गरेको हो ।
शुक्रबार विहान नेकपा प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी निर्णय गरिएको जानकारी दिएको छ । नेतृत्वमा आएकाहरुको नाम भने सार्वजनिक गरेको छैन । ‘८८ वटै तहमा पालिका कमिटी र वडा कमिटी प्रमुखको नाम टाइप गर्ने तयारी भइरहेकोले ढिलाई भएको हो’ प्रदेश इन्चार्ज भीम रावलले भने ‘असोज १५ भित्र उनीहरुको सपथ गरिसक्ने निर्णय भएको छ ।’ बैठकमा प्रदेश इन्चार्ज रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, सहअध्यक्ष इन्चार्जहरु भानुभक्त आचार्य, खगराज भट्ट, लक्ष्मीराज जोशी, प्रदेश अध्यक्ष कर्ण थापा र सचिव नेपबहादुर चौधरी सहभागी थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •