चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा

काठमाडाै‌ं, २२ भदाै । परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा चिनियाँ विदेशमन्त्री यी आइतबार काठमाण्डौ पुगेका छन् । उनले नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने जनाइएको छ। 

उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा नेपालले चीनबाट उच्च पदाधिकारीहरूलाई नेपाल भ्रणम गराउन पहल गर्तदै आएको भएपनि सफल भने हुन सकेको थिएन । यो भ्रमणले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिरहेको र त्यो उसका लागि एउटा कूटनीतिक परीक्षा नै हुने कूटनीतिज्ञहरूको बुझाई छ। 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •