नेताहरूमा सत्ता, स्वार्थ हाबी हुँदा मुलुक अस्थिर : कमल थापा

नेताहरूमा सत्ता, स्वार्थ हाबी हुँदा मुलुक अस्थिर : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्ट असफल भएको बताएका छन् । उनीहरूको सत्ता,स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको थापाले बताए । 

राप्रपा काठमाडौं महानगर समितिले आज आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरू माथि नै गम्भीर आरोप -प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्‍न चिन्ह खडा भएको बताए। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने उनको भनाइ छ । 

त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्न गम्भीरतापूर्वक चिन्तन मनन् हुनुपर्ने  थापाको भनाइ थियो । अहिले मुलुकको ठुलो समस्या भ्रष्टाचार , बेरोजगारी, धर्मपरिवर्तन,कुशासन र सर्वसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको थापाले बताए । 

विदेशीबाट पालित पोसित भनी आरोप लगाउने, अनि तेही व्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा रहेको थापाले बताए । गणतन्त्रका सम्वाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे व्यवस्थामा रुपान्तरण गरेको बताए । राप्रपालाई मुलुक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउन महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता रहेको थापाले बताए। 

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares