प्रधानमन्त्री ओलीको सनक र ईगोका निर्णयले भद्रगोल

प्रधानमन्त्री ओलीको सनक र ईगोका निर्णयले भद्रगोल

प्रधानमन्त्री ओलीले ईगो र अहंले खेल मैदान (प्रतिनिधिसभा) मै कोदालो चलाईं दिनु भएको थियो । प्रतिनिधिसभा पुन: निर्माण त भयो । तर अबको पार्लियामेन्टभित्र यसअघिजसो स्थिरता हुनेछैन । अर्थात सरकार निर्माणका पट्यारलाग्दा अभ्यासबाट मुक्ति पाएको पहिलाकै अवस्थामा फर्किन भने लगभग मुस्किल छ । अर्थात अस्थिरताको जग चै ओलीकै कदमबाट निर्माण भईसक्यो । नेकपाको एकता र यसअघिजसो सुन्दर भविश्य पनि तत्कालका लागि कच्याककुचुक भइसक्यो । अब मिलिजुलीको कमजोर सरकार निर्माण हुने र त्यसका लागि पनि सांसद किनबेचसम्मका घृणित खेलहरु हेर्न विवस हुनै पर्ने छ हामीले । प्रधानमन्त्री ओलीले नेकपाको २६ गतेको स्थाई कमिटिको बैठकको निर्णय (जसमा ५ बर्ष ओली नै प्रम रहने भन्ने थ्यो) मान्दिएको भए पार्टीभित्र किचलो भएपनि अहिले र अबजस्तो यो तहको अवस्था हुन्थेन । एकजना शासकको सनक र ईगोका निर्णयले कति भद्रगोल हुन्छ भन्ने पुन: देख्यौ भोग्यौ । तथापी सर्वोच्चको फैसलापछि जनताले लोकतन्त्र, विधिको शासनका लागि पुन: सडक संघर्ष गर्नुपर्ने झंझट टर्यो ।@ जनताको जीत भयो । @देशको जीत भयो । @ न्यायको जीत भयो ।@ लोकतान्त्रिक गणतन्त्रको जीत भयो ।@ संविधानिक सर्वोत्चता र विधिको शासनको जीत भयो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share