प्रियंका चोपडाको घरमा सरिन् ज्याक्लिन फर्नान्डिज

प्रियंका चोपडाको घरमा सरिन् ज्याक्लिन फर्नान्डिज

बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले प्रियंका चोपडाको घर किनेकी छन्। भारतीय अखबार बलिउड हंगामाका अनुसार ज्याक्लिनले मुम्बईस्थित प्रियंकाको घर भारू ७ करोडमा किनेकी हुन्।  

ज्याक्लिन लामो समयदेखि मुम्बईस्थित बान्द्राको एक अपार्टमेन्टमा डेरा गरेर बसेकी थिइन्। उनी दुई वर्ष अघिदेखि नै घरको खोजीमा पनि थिइन्। तर उनले भने जस्तै घर पाएकी थिइनन्। यसपालि भने ज्याक्लिनले प्रियंकाको घर किनेकी हुन्। 

जुन घर ज्यक्लिनले अहिले किनेकी छन्, त्यो घरमा सन् २०१८ मा प्रियंका र निक जोनसको विवाह भएको थियो। प्रियंकाको परिवार अमेरिकामै बस्ने भएकाले यो घर खाली थियो।

ज्याक्लिन यतिबेला फिल्म ‘सर्कस’को सुटिङमा व्यस्त छिन्। रोहित सेट्टीको निर्देशनमा बन्ने फिल्ममा उनीसँगै रनवीर सिंह, जोनी लिभर, वरुण शर्मालयात कलाकारको अभिनय छ।

ज्याक्लिनले हालै अभिनेता सैफ अलि खान, यमी गौतम र अर्जुन कपुरको सहकार्यमा फिल्म ‘भूतपुलिस’को छायांकन सकेकी छन्। यसबाहेक फिल्म ‘बच्चन पाण्डे’ र ‘किक-२’ मा पनि देखिने छिन्। 

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares