सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टकृत सहकारी सङ्घ गठन,अध्यक्ष मा डा.गोविन्दराज जोशी

सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टकृत सहकारी सङ्घ गठन,अध्यक्ष मा डा.गोविन्दराज जोशी

धनगढी – सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टकृत सहकारी सङ्घ गठन भएको छ । नवजिवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशी को अध्यक्ष रहने गरी १५ सदस्सीय तदर्थ समिति गठन गरिएको छ । सङ्घको उपाध्यक्षमा उदयदेव सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्द,महा–सचिवमा सङ्गम सहकारी संस्थाका सचिव मनमोहन विष्ट,सचिवमा प्रेम सिंह भाट,कोषाध्यक्षमा शान्ति सिंह शाही,सदस्यमा क्रमशः डम्बर बहादुर शाह,शिवराज बिसी,सुरेन्द्र केसी,कलावती स्वार,प्रयागराज जोशी,ठक्कर खडायत,खडक विष्ट,पुष्पराज भट्ट,जगतराम चौधरी, दान बहादुर रावल रहेका छन् ।

राष्ट्रिय सहकारी महासङ्घको पहलमा प्रदेश स्तरीय विशिष्टीकृत सङ्घको स्थापना गरिएको महासचिव मनमोहन विष्टले बताए । सङ्घमा प्रदेशका ५० ओटा सहकारी संस्था आबद्ध रहेको जानकारी दिए ।

सहकारीहरूले स–सानो काम गर्छ,उनले भने,‘सहकारी संस्थामा भएका शेयर सदस्यहरूले उत्पादन गरेको वस्तुलाई विशिष्टीकृत सहकारीहरूले खरिद गरेर त्यो बस्तुलाई बजारीकरण गर्दछ,यसले ठुलो लगानीमा काम गर्छ।’

सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले प्रत्येक प्रदेशमा सहकारी संस्थाहरूकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गरिएको विष्टले बताए ।

सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टीकृत सहकारी सङ्घ स्थापना गरी उत्पादक र उपभोक्तालाई गुणस्तरीय र सहज मूल्यमा आवश्यक सामाग्री उपलब्ध गराइने उनले बताए । 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •