सिरहामा प्रधानमन्त्रीलाई कालोझण्डा

सिरहामा प्रधानमन्त्रीलाई कालोझण्डा

सिरहा : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् ।

तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •