दुर्घटना : कैलाली र काठमाडौँमा चार जनाको मृत्यु !

दुर्घटना : कैलाली र काठमाडौँमा चार जनाको मृत्यु !

काठमाडौँ  : कैलाली र काठमाडौँमा भएका गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलालीको सुख्खडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना, कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना र गोंगबुको बिजी मल अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना गरी चार जनाको मृत्यु भएको हो ।

कैलालीको घोडाघाडी नगरपालिका-१० मा म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा चढेका २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनाको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । 

यस्तै काठमाडौँको कागेश्वरी अमरसिंह चोकमा बा ९३ प ३३१० नम्बरको मोटरसाइकल घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीका ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । यस्तै नयाँ बसपार्कको बिजी मल अगाडि बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनमाया गुरुङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares