घर बनाउँदा आर्किटेक्टलाई सोध्नुपर्ने पाँच प्रश्न

घर बनाउँदा आर्किटेक्टलाई सोध्नुपर्ने पाँच प्रश्न

नयाँ घर निर्माण गर्नु वा भएकै घरलाई पुनः निर्माण गर्नु पक्कै पनि असहज काम हो । घरको संरचना निर्माणले तपाईंको सुविधा निर्धारण गर्नुको साथै पैसा धेरै खर्च हुने/नहुने निक्र्यौल गर्छ । बजेट सीमित होस् या असीमित, आफूले गरेका लगानी सबैलाई प्रिय हुन्छ । आर्किटेक्ट नियुक्त गर्नु अपरिहार्य नभए पनि यसको फाइदा भने अवश्य हुन्छ ।

व्यवसायी आर्किटेक्टले निश्चित गर्न सक्छ कि तपाईंको विनियोजित बजेट व्यवस्थित ढंगबाट खर्च भएको छ या छैन । आर्किटेक्ट नियुक्त गर्न निश्चय नै खर्चिलो हुने गर्दछ तर उसले निर्माण डिजाइनमा हुन सक्ने त्रुटि हुन नदिई लामो समयसम्मको लागि पैसा जोगाइदिएको हुन्छ ।

त्यसैले घर डिजाइन गर्दा आर्किटेक्ट नियुक्त गर्ने निर्णय गर्नु उचित मानिन्छ । तपाईंले दुःख गरेर आर्जन गरेको पैसाको सही तरिकाले प्रयोग गरिनु महत्वपूर्ण कुरा हो । त्यसैले समय लिएर उत्कृष्ट आर्किटेक्ट छनोट गर्नु राम्रो हुन्छ । धेरै आर्किटेक्टको तुलना गरी सही आर्किटेक्ट छान्न के कस्ता प्रश्न सोध्नुपर्छ भन्ने थाहा पाउनु जरुरी छ । यहाँ पाँच प्रश्नरु रहेका छन्, जुन प्रश्न सोधेर तपाईले सही निर्णय लिन सक्नुुहुनेछ ।

१) के आर्किटेक्टको पोर्टफोलियो छ ?

यदि तपाईको आर्किटेक्ट प्रतिष्ठित  र अनुभवी हो भने पक्कै पनि उसको आफ्नो पोर्टफोलियो हुनुपर्छ । उसको विगतका कार्यहरूको संग्रह हेरी कार्यशैली र क्षमता मन पर्छ भने अवश्य तपाईलाई निर्णय लिन सहज हुन्छ । यसले पेशाकर्मीको कार्यशैली र विशेषता पनि प्रकट गर्छ । 

२) काम गरेबापत आर्किटेक्टले कति शुल्क लिन्छ ?

आर्किटेक्टले लिने शुल्कले उसले प्रदान गर्ने सेवा वा कामको गुणस्तर निर्धारण गर्छ । काम गर्दै जाँदा खर्च हुने भएकोले आधारभूत वा सम्भावित लागतबारे छलफल गर्नुहोस् । यसका साथै निर्माण कार्यको क्रममा केही प्रक्रिया परिवर्तन भई लाग्ने  अतिरिक्त शुल्कबारे सचेत हुनु जरुरी हुन्छ । यसले बढी खर्च हुनबाट बचाउँछ । आर्किटेक्टसँग शुल्कबारे छलफल गर्दा आफ्नो  बजेटसम्बन्धी धारणा स्पष्ट राख्नुपर्छ । जसले गर्दा बजेटको दायराभित्र रहेर त्यसको आधारमा आर्किटेक्टले उत्कृष्ट र सान्दर्भिक डिजाइन प्रस्ताव गर्न सक्षम रहन्छ ।

३) के आर्किटेक्टले तपाईंलाई निर्माण ठेकेदारसँग जोड्छ ?

आर्किटेक्ट निर्माण क्षेत्रको महत्वणपूर्ण अंश भएकाले निश्चिेत रूपमा उनीहरूले आफ्नो सञ्जाल बनाएका हुन्छन् । उनीहरू ठेकेदार र निर्माणकर्तासँग निरन्तर जोडिने हुनाले आफ्नो डिजाइनले पूर्णता पाउने र मूर्तरूप लिने कुरामा विश्वास राख्छन् । तपाईंको परियोजनाको लागि वा निर्माण कार्यको लागि उनीहरूले कसलाई सिफारिस गर्छन् सोबारे छलफल गर्नुहोस् ।

४) के आर्किटेक्टले समय सुहाउँदो डिजाइन र प्रविधि प्रयोग गर्नेछ ?

समयसँगै घर निर्माणको संरचना पनि विकसित रूपमा बढ्दै छ । पछिल्लो प्रविधि र प्रचलनको प्रयोगले घर थप सहजता र कुशलताको साथ निर्माण भइरहेका छन् । यसले अचल सम्पत्तिको बजारमूल्य स्वतः बढाउँछ ।

५) तपाईको सम्पत्तिसँग सम्बद्ध चुनौती के–के हुनेछन् ?

निर्माण हुने घरको लागि विशेष जग्गा वा त्यस स्थानले अनेकन चुनौती खडा गर्न सक्छ । उत्कृष्ट डिजाइनका तत्वले यस्ता चुनौती पार गर्न सकिन्छ । एउटा दक्ष आर्किटेक्ट त्यस्ता समस्याको पहिचान गरी समाधानका उचित उपाय प्रस्ताव गर्न सक्षम हुन्छ । त्यसको एउटा राम्रो उदाहरण भनेको घरमा अधिकतम प्रकाश हुने निर्णय गर्नु हो । 

यी विषयमा छलफल गर्न कुनै आर्किटेक्चरल फर्मको भ्रमण गर्नुपूर्व उनीहरूले निःशुल्क रूपमा प्रारम्भिक परामर्शको सेवा प्रदान गर्छन् कि भनेर बुझ्नुहोस् । यदि होइन भने आफ्नो बजेटले त्यो विशेष पेशागत सेवा लिने सामथ्र्य राख्छ  कि राख्दैन विचार गरी निर्धारण गर्नुहोस् ।

एजेन्सीको सहयोगमा

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares