पेले भन्छन्- म्याराडोना र म एकदिन आकाशमा सँगै फुटबल खेल्ने छौं

पेले भन्छन्- म्याराडोना र म एकदिन आकाशमा सँगै फुटबल खेल्ने छौं

विश्वका महान् फुटबलर डिएगो म्याराडोनाको निधन भएपछि अहिले विश्व फुटबल स्तब्ध छ। ख्यातीप्राप्त फुटबल खेलाडी, राजनितिज्ञ, सेलिब्रेटी लगायतले दु:ख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन्।

ब्राजिलका महान् फुटबलर पेलेले पनि म्याराडोनाको निधनको खबरले स्तब्ध भएको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा दु:ख व्यक्त गर्दै लेखेका छन्, ‘मैले एक महान् साथी गुमाए र विश्वले एक महान् हस्ती गुमायो। अहिलेलाई यति भन्न चाहान्छु कि उनका परिवारलाई भगवानले सहने शक्ति दिउन्। एक दिन हामी आकाशमा सँगै फुटबल खेल्ने छौं।’ 

पेले र म्याराडोना दुवैलाई विश्व फुटबलका महान् खेलाडीका रूपमा लिने गरिन्छ। गत महिना पेलेले आफ्नो ८०औं र म्याराडोनाले ६० औं जन्मदिन मनाएका थिए।

गत अक्टोबर ३० मा म्याराडोनाको जन्मदिनको अवसरमा पेलेले शुभकामना व्यक्त गर्दै लेखेका थिए, ‘आफू र अरुको मुस्कानका लागि लामो यात्राको शुभेच्छा।’

म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हृदयघातका कारण निधन भएको हो।

अर्जेन्टिनाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •