एक्कासी पूर्व युवराज पारस शाहको छातीमा समस्या,हाेटलमै थालियाे उपचार

एक्कासी पूर्व युवराज पारस शाहको छातीमा समस्या,हाेटलमै थालियाे उपचार

काठमाडौं । चितवन पुगेका पूर्वराजा पारस शाहको स्वास्थ्यमा समस्या देखा परेको छ ।मंगलबार साँझ चितवन पुगेका पूर्व युवराज शाह बुधबार साँझ उनी बसेकै होटलमा छातीको समस्या आएर विरामी भएको उनका सहयोगीले जनाएका छन् ।

उनको स्वास्थ्यमा समस्या आएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको छ । शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिने चिकित्सकले जनाएका छन् । शाहलाई के भएको रहेछ भन्ने कुरा इसीजी र रगत परीक्षणबाट मात्र थाहा हुने चिकित्सको भनाइरहेको छ ।

Share This
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares