सचिवालयमा अप्रिय भए मन्त्रीपरिषद बैठकमा कठोर

सचिवालयमा अप्रिय भए मन्त्रीपरिषद बैठकमा कठोर

३ कार्तिक काठमाण्डौं
सचिवालय बैठकपछि आजै दिउँसो २ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । यसअघि सचिवालय बैठककै समय जुधाएर मन्त्रीपरिषदको बैठकको तयारी गरिएको भएपनि पछि सारिएको थियो ।
प्रायः सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक आज केही निर्णय तत्काल गर्नु पर्ने भएको हुँदा बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिए लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ । सचिवालयको बैठकमा प्रतिकूल भए प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठकमा अनपेक्षित निर्णयहरु गर्न सक्ने विष्लेषण गरिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •