कुन माेड लेला सचिवालय बैठकले

कुन माेड लेला सचिवालय बैठकले

३ कार्तिक काठमाण्डौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । निकै उचारचढाव अनुमान र आशंकाबीच सचिवालय बैठक सुरु भएको हो । प्रधानमन्त्री ओलीले सचिवालय बैठक सार्न अनेक कसरत गरेका भएपनि अन्ततः गलेका थिए । साथै बैठक सुरु हुनुअघि दुबै अध्यक्षबीच वान टु वान वार्ता भएको छ । गत कात्तिक २८ गते तोकिएको निर्धारित समयमा नै नेकपा सचिवालय बैठक सुरू भएको हो ।
बैठकको सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्ने बुझिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो ‘राजनीतिक प्रस्ताव’ र ७ पेज लामो ‘जवाफी पत्र’का कारण नेकपाभित्र विवाद उत्कर्षमा छ ।
मन्त्रिपरिषद् पुर्नगठन, राजदूत नियुक्ति र कर्णाली प्रदेशको विवादले नेकपाभित्र थप किचलो उत्पन्न भएको थियो । बैठकमा सचिवालयका सबै ९ सदस्यको उपस्थित छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •