प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा

प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा

७ कार्तिक (काठमाडौ)
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ ।
निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीको भाग छैन । नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो । उक्त नक्सा प्रचलनमा ल्याइएको थियो । नेपालले यी भूभाग समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ ।
भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ ।
शुक्रबार बिहान ९ः२३ मा प्रधानमन्त्रीको निजी ट्विटर खाताबाट शुभकामना जारी भएको थियो। उनले अंग्रेजी भाषामा पनि शुभकामना दिएका छन् । उक्त सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यसले थप सन्देह पैदा गरेको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares