दसैंभत्ताको रकम स्वास्थ्य चौकीलाई

दसैंभत्ताको रकम स्वास्थ्य चौकीलाई

६ कार्तिक (बाजुरा)
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष र सदस्यहरुले प्राप्त गरेको दसैंभत्ता वाफतको रकम स्थानीय स्वास्थ्य चौकीलाई प्रदान गर्ने निर्णय गरेका छन् ।
बिहीबार विजया दसैको शुभकामना आदानप्रदानको कार्यक्रममा वडाध्यक्ष धर्मराज पाध्यायले आफुले दसैभत्ता वाफत पाएको १८ हजार र वडा सदस्यहरु धनलाल पाध्या, कला थापा र प्रयाग जैशीले नियमअनुसार चाडपर्व वाफत ८ हजारका दरले प्राप्त रकम गाउँकै चुथी स्वास्थ्य चौकीलाई प्रदान गर्ने बताएका हुन् । ‘हामी त जनताको सेव ागर्न जनप्रतिनिधि भएका हौं । हामीले भत्ता लिने भन्दा गाउँको विकास गर्नु हाम्रो प्राथमिक कर्तब्य हो’ वडाध्यक्ष पाध्यायले भने ।
शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष पाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेका नेता धनराज पण्डित, नेकपा नेता नन्दराज पण्डित, लक्षि विक, तुलाराम जैशी, जंग विक, वडा सदस्य धनलाल पाध्या, प्रयाग जैशी, धनमति विक कार्यपालिका र वडा सदस्य कला थापा, विद्यालय प्रअ, स्वास्थ्य ईन्चार्ज लगायतको, सहभागीता थियो ।

Share This
  • 107
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares