सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुद्धारा दसैंखर्च फिर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुद्धारा दसैंखर्च फिर्ता

६ कार्तिक (धनगढी)
सुदूरपश्चिममा मुख्यमन्त्री र मन्त्रीहरुले दसै खर्चवाफत आएको भत्ता रकम फिर्ता गरेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले दसैं खर्चवाफत प्राप्त रकम फिर्ता गरेपछि अन्य मन्त्रीहरुले पनि नलिने घोषणा गरेका हुन् । मुख्यमन्त्री भट्टले दसैं खर्चवाफत आफ्नो खातामा आएको ७१ हजार प्रदेश सञ्चित कोषमा जम्मा गरिदिएको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
अन्य ६ जना मन्त्रीहरुले पनि रकम फिर्ता गर्ने घोषणा गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, उद्योग बन वातावरण तथा पर्यटन मन्त्री माया भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारकै खाताहरुमा फिर्ता गर्ने निर्णय गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने दसैं खर्चवाफत प्राप्त रकम आफ्नै गृह जिल्ला बाजुराको ब्रम्ह्रतोलास्थित बालगृहलाई प्रदान गर्ने निर्णय गरिएको मन्त्री शाहको सचिवालयले जनाएको छ । बालगृहले १३ जना असाहाय बालबालिकालाई संरक्षण गरिरहेको छ । मन्त्रीहरुले प्रदेश कानुनअनुसार चाडपर्ववाफत बर्षको एक पटक एक महिनाको तलव स्केलबराबर ६३ हजार प्राप्त गरेका थिए ।
‘प्रदेश कानुन बमोजिम नै खातामा दसैं खर्च आएको भएपनि अहिलेको विशिष्ट परिस्थितीमा भत्ता लिनु न्यायोचित नहुने भएकाले मन्त्रीपरिषद्का सबै सदस्यहरुबीच स्वच्छिक रुपमा नलिने समझदारी भएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भने ।
प्रदेशसभामा प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि रकम फिर्ताको घोषणा गरेका छन् । प्रदेशसभाका अन्य सदस्य तथा पदाधिकारीहरुले भने कसैले पनि रकम फिर्ताको घोषणा गरेका छैनन् । प्रदेश सांसदहरुले हजार ५ सय दसैं खर्च बुझेका छन् । प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दशैभत्ता वाफत २६ लाख १८ हजार ५ सय भूक्तानी गरिएको जनाएको छ ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares