आफ्ना धेरै थिए, तर साहरा दिने कोही थिएनन्

आफ्ना धेरै थिए, तर साहरा दिने कोही थिएनन्

२९ असोज (धनगढी)

मिडियाको कामसंगै मासु व्यवसायमा होमिएका दिपेन्द्रले जीवनमा धेरै दुख्ख भोगे । कैलाली महोन्याल गाउँपालिका २ हाल धनगढी बस्ने दिपेन्द्र वली बुवा डम्मर बहादुर वली र आमा पदमा देवी वलीको कान्छो छोरा रुपमा २०४८ सालमा जन्म लिए ।
घरको आर्थिक अवस्था निकै कमजोर, बुवा किसान, तीन भाइ र दुई दिदीबहिनी, आफु घरको कान्छो घरको आर्थिक अवस्थाकै कारण प्लस टु को पढाईलाई विट मार्दै धनगढीमा पैसा कमाउनको लागि हिँडे । २०६६ सालमा धनगढी आए । आफ्ना धेरै थिए तर साहरा दिने कोही थिएनन् ।
यस्तैमा उनले आफ्नो फुपुको छोरी दिदी पुर्णीमा थापाको साथ भेटाए । धनगढी बस्ने माहोल मिल्यो, उनै दिदिको सहयोगमा पढाई संगै मिडियाको काम गर्ने मौका पाए । उनी सम्झन्छन्, त्यो समयमा दिदिको सहयोग नपाएको भए अहिले भारतमा दुख पाईरहेको हुन्थे होला ।
त्यो संगै भिनाजु उत्तम थापाको पनि साथ सहयोगले मिडियाको काम सिक्ने अवसार सनराईज मिडियामा पाएको र मिडिया क्षेत्रको पहिलो गरु उत्तम थापा भएको उनले बताए । उहाँसंग भिडियाग्राफि र भिडियो मिक्सिङ क्षेत्रमा मल्टिमिडिया ईन डिप्लोमा कोर्ष गरेको उनले बताए । सो कोर्षको भिनाजुले निशुल्क सिकाईदिएको र जागिर पनि दिएको उनले बताए । मिडियाको काम बाहिरी हाईफाई बढी भित्रि आर्थिक कमाई सोचेजस्तो नहुने उनको भनाई छ ।
कम कमाईमा काम गर्नु पर्ने बाध्यता, थोरै पैसा कमाउन थाले पछि दिदिको घर वाट विदा भए धनगढीमा डेरा गरी बस्न थाले । धनगढी जस्तो ठाउँमा कोठा भाडा तिरेर खाना खर्च गर्नु साह्रै गाह्र हुने उनी सुनाउन् । उनी भन्छन, घरपरिवारको पनि अभिभावक्त्व भएको भए सायद त्यो अवस्था भोग्नु पर्ने थिएन् । धेरै दिनत पानि मात्र खाएर पनि रात कटाएको उनी सम्झिन्छन् । दिदिहरुको विवाह भईसकेको र दाजुहरुको पनि विवाह भईसकेको घर वाट सहयोग पाउने त कुरै भएन । भिडियो क्षेत्रमा ठुलो सम्पादक बन्ने इच्छ भएको तर आर्थिक अभाव र घरयसी समयस्याले घेरीयकै कारण थप अध्ययन गर्न नसकेको उनी बताउछन् । काम गर्ने क्रममा सनराईज मिडियामा प्रविधिकको रुपमा ६ वर्ष, १ वर्ष हिमालयन टेलिभिजनको व्युरो कार्यालयमा, वावा टेलिभिजनमा एक वर्ष हाल रेडियो डेलीमेलमा काम गरिरहेको २ वर्ष भन्दा वढी भएको उनले बताए ।
मिडियामा काम गरेर अहिले सम्म मान्छे कमाए तर पैसा कमाउन नसकेको उनी बताउँछन । २०७५ सालमा यशोदा केसीसंग विवाह गरे पहिला एक्लो जीवन थियो अब दुई भयो उनी भन्छन् । वढी मिहेनत र परिश्रम गर्ने समय अयो तर मिडिया संगै अन्य व्यवसाय संञ्चालन गर्नु पर्ने श्रीमतीकै पटक पटकको सुझावले प्रेरणाले कृषि व्यवसाय छनोट गरेको उनले बताए ।
कृषी व्यवसायमा पनि के काम गर्ने उनमा लाग्यो र सानो लागानीमा मासु व्यवसाय गर्नु सकिने उनले जानकारी पाए संगै उनले धनगढीको चौरहा नजिक डि.के मासु पसल सञ्चालनमा ल्याए । मिडियाको कामसंगै अन्य व्यवसाय गर्दा आर्थिक अवस्था पनि सुधार हुने उनले बताए । अहिले ३ लाखको लगानीमा मासु कटिङको व्यवसाय सञ्चालनमा ल्याएका छन् । भविष्यमा कुखुरा व्यवसाय सञ्चालनमा ल्याउने सोच राखेको उनी बताउछन् ।
श्रीमती यशोदा केसी वलीले उनको व्यवसायमा पुरा सहयोग गरिरहेको उनी बताउछन् । रेडियोको जागिर संगै व्यवसाय गर्न पाउदा घर परिवार समेत खुसी भएको उनले सुनाए । अहिले देशको ठुलो हिस्सा विदेशीने र भारत जाने क्रम बढ्दो छ तर नेपालमै सानो काम वाट पनि राम्रो अम्दानी गर्नु सकिने रहेछ उनी बताउँछन् ।

Share This
  • 130
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares