‘शेरबहादुरजीबाट पार्टी चलेन, अब मै हुनुपर्छ’

‘शेरबहादुरजीबाट पार्टी चलेन, अब मै हुनुपर्छ’

२५ भदौं (काठमाण्डौं)
तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरे । राजा महेन्द्रले बिपी कोइरालालाई ८ वर्षसम्म जेल हाले । त्योसँगै केशव कोइराला डा. शेखर कोइराला बाहेक बिपी पत्नी सुशीला, छोराहरू प्रकाश, श्रीहर्ष, शशांकसहित सम्पूर्ण परिवार भारतमा विस्थापित भए । हाल कांग्रेस महामन्त्रीसमेत रहेका बिपीका कान्छा छोरो शशांक नेपाली कांग्रेसको सभापतिको आकांक्षी छन् । कांग्रेस महाधिवेशन, बिपी विचार र पछिल्लो राजनीतिक अवस्थाका विषयमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालासँग नागरिककर्मी गुणराज लुईंटेल र बालकृष्ण अधिकारीले १०७औं बिपी जन्मजयन्तीको सन्दर्भमा गरेको कुराकानी ः
बिपी कोइरालासहितका नेताहरूले जुन परिकल्पना गरेर नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो तपाईको पालासम्म पुग्दा यो पार्टी कहाँ छ ?
बिपीले परिकल्पना गरेको पार्टीमा हामी छैनौं । धेरै कुरामा परिवर्तन भएको छ । हामीले आफूलाई समाजवादी भन्छौं, तर आजको मितिमा हामी त्यो बाटोमा छैनौं । समाजवादी हुन शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने थियो । तर, त्यस्तो छैन । हाम्रो भनाइ र गराइ मिलीरहेको छैन । समाजवादी पार्टी भन्ने की नभन्ने ? समाजवादी हौं की होइनौं भन्नेमा हामी अलमलमा छौं । यसमा प्रश्न उठेको छ ।
प्रजातन्त्र पुर्नस्थापनपछि कांग्रेसकै नेतृत्वमा सरकारहरू बने, तपाईका नेताहरूले हामी बिपीको बाटोमै हिडिरहेका छौं भन्दै हुनुहुन्छ । तर तपाई भने अलमलमा छौं भन्नु हुन्छ ?
हो, २०४६ को राजनीतिक परिवर्तनपछि कांग्रेसले सरकारको नेतृत्व ग¥यो । तर, समाजवादी बाटोमा हामीले काम गर्नसक्यौं कि सकेनौं भन्ने अहिलेको प्रश्न हो । गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)को सरकारमा निजीकरण धेरै बढ्यो । समाजवादमा निजीकरण कम हुनुपर्ने हो । शिक्षा, स्वास्थ्यमा सरकारको दायित्व पूरा हुनुपर्ने थियो, त्यो भएन । बिपीले त्यतिबेलाको समाजअनुसार घर, गाई जस्ता आधारभुत कुरा उठाउनु भएको थियो । त्यो अहिले परिवर्तन भएको छ । यसको मतलव जनताका न्युनतम आवश्यकतालाई राज्यले पूरा गर्नुपर्छ, तर हामीले त्यो गरेनौं । साचो अर्थमा हामी समाजवादी चिन्तनबाट पृथक भएका छौं ।
कांग्रेस नेताहरूको आचरण र सोच पनि त्यस अनुसार नभएर समाजवादी चिन्तन हराउँदै गएको हो ?
एउटा त विश्वव्यापीकरणको असर पनि परेको हो । अर्को समाजवादी विश्वका धेरै कम मुलुकहरूमा मात्र समाजवादी चिन्तन र कार्यक्रम लागु भएका छन् । निजीकरणका नाममा स्कुल धेरै स्थापना भएका छन् । तिनीहरू धेरै राम्रो चलेका छन् तर सरकारी स्कुल चलेका छैनन् । निजी अस्पतालहरू धेरै राम्रोसँग चल्छन् तर सरकारी चल्दैनन् । हाम्रो ध्यान र सोच निजी विद्यालयभन्दा सरकारी स्कुललाई राम्रो बनाउन जानुप¥यो । अस्पतालहरूमा ध्यान दिनुप¥यो । शिक्षा, स्वास्थ्य राज्यको दायित्व हो त्यसबाट सरकार पन्छिन मिल्दैन ।
बिपीले भन्नु भएको थियो– साम्यवादमा प्रजातन्त्र मिसायो भने समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिक्यो भने साम्यवादमै पुगिन्छ । मुलुकमा जुन व्यवस्था ल्याए पनि हामी कहाँ प्रजातान्त्रिक संस्कार विकास भएको रहेनछ, होइन ?
तपाईले ठिक भन्नुभयो । त्यो पनि एउटा पक्ष हो । अहिले नै हाम्रो पार्टीको महाधिवेशन भएको छैन । चार वर्षमा महाधिवेशन हुनुपर्ने पाँच वर्ष हुन लागि सक्यो । यो कहिले हुन्छ ? हुन्छ कि हुँदैन निश्चित छैन । महाधिवेशन नभई कसरी आन्तरिक लोकतन्त्र हुन्छ ? गुटगत राजनीति मात्र हुन्छ । अहिले पूर्णरूपमा गुटले चलाएको राजनीति भएको छ । शेरबहादुरजी (सभापति शेरबहादुर देउवा)ले म सबैको सभापति भन्नुपर्ने हो । उहाँले यो मेरो मान्छे, त्यो उसको मान्छे भन्नु भएन । उहाँले नै गुट चलाउन सुरु गर्नुभएको हो । सभापति त सबैको हो ।
सभापतिले गुट चलाउने, महामन्त्रीले पनि अर्को गुट बोकेर हिड्ने भएपछि कांग्रेसमा अहिले गुट राजनीति मात्र चलिरहेको छ, होइन ?
हो, त्यस्तै देखिएको छ ।
गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।
बिपीले भन्नुभएको रहेछ पार्टीमा जातिय संगठनहरू हुँदैन । कांग्रेस भनेको हिमाल, पाहाड, तराई, महिला, मधेसी, जनजाति, दलित र पिछडीएको समूह सबैको हो । तर अहिले शेरबहादुर, शशांक, मधेसी, पहाडी, हिमाली, बाहुन, जनजाति … कांग्रेस मात्र छन् होइन ? नेपाली कांग्रेस मात्र कोही बाँकी छैनन् किन ?
हो, बिपीले जातियताको कुरा गर्नु भएन, तर व्यवहारमा सबै क्षेत्र, समुदायलाई समेटेर अघि बढाउनुभयो । २०१५ सालमै महिलालाई सरकारमा समावेश गराउनुभयो । अहिले हामीले संविधानमै समावेशी लेख्यौं । पार्टीमा पनि यो महिलाको, यो मधेसीको भनेर छुट्याएका छौं । हुन त पार्टीले नछुट्याउनु पर्ने हो । बिपीले व्यवहारमै समावेशी देखाउनु भयो हामीले संविधान र ऐनमा समावेशी बनाएका छौं ।
यस्तो किन भइरहेको छ त कांग्रेसमा ?
के भन्ने खै ? माथिल्लो तहमा सोचेर काम गर्ने नेतृत्व कांग्रेसमा आएन । पार्टी र मुलुकलाई कता लैजाने भनेर निर्णय गर्ने व्यक्ति भएन । हामीलाई परिस्थिति, इतिहासले डो¥याउँदै अहिलेको अवस्थामा पु¥यायो । मैले जातिय कुरा हुनुहुँदैन भन्यो भने ममाथि नै आक्रमण हुन्छ । बिपीले त्यसो नभने पनि नेपाली समाजको प्रतिनिधित्व हुनेगरी पार्टी र सरकार सञ्चालन गर्नुभएको थियो । तर, अहिले हामी यति धेरै संकुचित भावनाले राजनीति गर्दैछौं ।
बिपीको छोरो मात्र नभएर कांग्रेस महामन्त्रीको हैसियतमा उहाँको विरासतलाई अगाडि बढाउने दायित्व तपाईको होइन र ?
विरासतलाई अगाडि बढाउनु पर्ने हो, तर परिस्थिति यस्तो उत्पन्नभयो नगरेर पनि नहुने भयो । संविधान बनाउँदा सबै वर्ग (महिला, मधेसी, जनजाति, दलित, अल्पसंख्य)लाई ठाउँ दिनुप¥यो । बिपीले पार्टी स्थापना गर्दा नै महामन्त्रीमा धनमानसिंह परियारलाई बनाउनुभयो । तर, अहिले हामीले कोटा नै छुट्याइदिएका छौं । कोटा छुट्याउने कुरा पनि ठिक होइन । यसबाट फर्कने सम्भावना पनि देखिँदैन । यसलाई नै कसरी मिलाएर जाने हो भन्ने हामीसँग प्रश्न छ ।
विराटनगर तुलसी बाजे हुनुहुन्थ्यो । उहाँले खाना पकाउनुहुन्थ्यो । एकदिन एक जना दलित आउनुभयो । उहाँलाई पनि पिर्कामा बसाएर खाना दिनुभयो । जब तुलसी बाजेलाई दलित हुन् भन्ने थाहा पाएपछि डाडुपन्यू फालेर हिडे घरबाट । सात दिनपछि मात्र फर्केर आउनुभयो । आएपछि मेरी आमा (सुशीला कोइराला)ले सम्झाउनु भन्नुभएको मलाई सम्झना छ, ‘उ र तिमीमा के फरक छ ?’ यो जागरण हाम्रो पालामा आएको होइन कृष्णप्रसाद कोइराला, दिब्या कोइराला, बिपी कोइरालाबाट नै आएको हो ।
बिपीका बारेमा सबैले चर्चा गर्छन् तर (हजुरबा) कृष्णप्रसादका विषयमा कुरै हुँदैन । जबकी कृष्णप्रसाद कोइरालाको योगदान ठूलो छ । सबै कुरा त्यागेर स्वतन्त्रताका लागि भारत हिड्नुभयो । नेपालको पहिलो सार्वजनिक विद्यालय (आदर्श विद्यालय, विराटनगर), अस्पताल उहाँले बनाउनुभयो ।
तपाईको कुरा सुन्दा कांग्रेस आफ्नो नीति, सिद्धान्त, आदर्शमा होइन भिडको पछि कुदिरहेको हो ?
हो । हाम्रो पार्टी विधानमा आठवटा ‘कलस्टर’ बनाएका छौं । मैले यो हुनुहुँदैन भन्यो भने कलस्टरवालाले बिरोध गरेर हामी हुन नपाउने भनिहाल्छन् । सबैको अधिकार सुरक्षित गर्न विधानलाई समावेशी बनाएका हौं । बिपीले योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिनुभएको थियो । अहिले जात, क्षेत्रको आधारमा जिम्मेवारी दिन थालियो ।
सबै पदाधिकारी निर्वाचित गर्ने । संख्या बढाउने । सहमहामन्त्री पनि महिला, मधेसीसहित जातिय आधारमा बनाउन तपाईसहित नेताहरूले महासमिति बैठकमा अडान लिनुभएको होइन र ? अहिले फेरि बिरोध गर्दै हुनुहुन्छ ?
बिपी कोइरालाले नेपाली कांग्रेसलाई सभापतिय पद्धतिमा लैजानुभएको थियो । उहाँको समयमा सभापतिका लागि निर्वाचन हुन्थ्यो । सभापतिको अधिकार धेरै थियो । तर, अहिले कोषाध्यक्ष बाहेक सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । जुन समूहबाट सभापति निर्वाचित भएर आए पनि त्यो ‘पंगु’ हुन्छ । यो ठिक भएन । अहिलेको विधानमा परिवर्तन गर्नुपर्छ । महाधिवेशनपछिको पहिलो काम विधान संशोधन गरेर सभापतिय पद्धतिमा लैजानुपर्छ । केन्द्रीय समितिको संख्या पनि धेरै भयो । त्यो संख्या कायमै राख्ने हो भने पनि सभापतिलाई ६०÷७० जना मनोनित गर्ने अधिकार हुनुपर्छ ।
सुशील कोइरालाले गुट अन्त्य गर्ने प्रयास गर्नुभयो । त्यो बेला शेरबहादुरजी शक्तिशाली नेता हुनुहुन्थ्यो । उहाँले काम गर्नदिनुभएन । गठन गरेको विभाग ९ महिनापछि खारेज गर्न लगाउनुभयो । अब जो सभापति भए पनि त्यस्तो सम्भावना कम देख्छु ।
तपाईसहित सहभागी गुटले सबै पद निर्वाचित हुनुपर्छ भन्ने अडानले महासमिति बैठक लम्बिएको होइन र ?
होइन । म त्यसमा थिइन । मैले बैठकमा सबै पद निर्वाचित गर्नुहुँदैन भनेको थिएँ । हामीले बिपीको बाटो भुल्यौं भने, तर मेरो कुरा कसैले सुनेनन् ।
त्यसो भए अहिलेको विधान संशोधन हुन्छ ?
हो । यसरी पार्टी चल्दैन । ‘पंगु’ सभापति भएर कहाँ हुन्छ ? केही अधिकारै नभएको ‘कठपुतली’ सभापति भएर त कहाँ हुन्छ ? तपाई नै भन्नुस् त यसरी पार्टी चल्छ ?
अहिलेको अवस्था पनि त्यही हो ? सभापति केही गर्न खोज्नुहुन्छ तपाईहरू दिनुहुन्न ?
हो ।

तपाईलाई महामन्त्रीका रूपमा आफ्नो जिम्मेवारी कति पूरा गरेजस्तो लाग्छ ?
महामन्त्रीको हैसियतमा सुरुमा सभापति शेरबहादुर देउवाकै पक्षमा उभिएँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले चुनाव हारेपछि सबैले शेरबहादुरजीलाई नै दोष लगाए । उहाँ मात्र होइन हामी पनि दोषी हौं भनेर पटक पटक भने । उहाँले कति बुझ्नुभयो भएन थाहा छैन । तर, उहाँले अति गर्नुभयो । त्यसपछि अहिले आएर बिरोध गर्न थालेको हुँ । नत्र भने महामन्त्रीको हैसियतले उहाँलाई सधै सहयोग गरेको हुँ । महामन्त्री भइसकेपछि अरु गर्ने के ? क्रियाशील सदस्य दिने अधिकार सभापतिमा छ । हुन त हामीमा पनि छ । मैले २०÷२५ लाई दिए होला उहाँले ५०÷५१ जनालाई दिनुभयो । नियमित काम जुन थियो त्यो भइरहेकै थियो । महामन्त्री भएर अरु केमा प्रभावित गर्नसक्थे र ?
कांग्रेसको महामन्त्री त्यति कमजोर छ, कुनै काम गर्ने ठाउँनै छैन ?
त्यस्तो पनि होइन । संगठन, कार्यालय सञ्चालन गर्ने जिम्मेवारी महामन्त्रीकै हो । पूर्णबहादुर खड्कालाई महामन्त्री बनाएर ल्याएपछि हाम्रो कामको बाँडफाँड पनि भएन । उहाँले सबै हेर्न थाल्नुभयो । मैले आपत्ती जनाइन । अहिले क्रियाशील सदस्यताको विषयमा रसुवासहितका केही जिल्लामा विवाद देखिएको छ । त्यसमा मैले पत्र लेख्ने सोचमा छु । दुवै समूहलाई एकै ठाउँमा ल्याएर निर्णय गराउनुपर्छ भन्ने मलाई लागेको छ । महामन्त्रीको हैसियतमा मेरो त्यो मात्र एउटा निर्णय हुन्छ ।
शेरबहादुरजीसँग केही कुरा भएको छैन । एक पटक उहाँले भन्नुभएको थियो । यस पटक मलाई सहयोग गर अर्को पटक म तिमीलाई नै सभापति बनाउँछु । धेरै पहिला भन्नुभएको हो ।
यो त गुटको निर्देशन मान्दैहुनुहुन्छ होइन र ?

होइन । त्यो मेरो विवेकको कुरा हो । मलाई कसैले भनेको छैन । बरु उहाँहरूले तपाई पार्टी केन्द्रीय कार्यालय गइदिनुप(यो भन्नुभएको छ । अहिले कोरोनाको यस्तो भयावह अवस्थाले कार्यालय नै बन्द छ । यो केही कम भएपछि पार्टी कार्यालय नियमित जान्छु । त्यति बेलामा जिल्ला जिल्लामा पत्र पठाउछु । जिल्लाको बस्तुस्थितिको जानकारी महामन्त्रीलाई हुनुपर्छ भन्ने मलाई पनि लागेको छ ।
सभापति (देउवा)लाई पहिला त सहयोग गरेकै हो, पछिल्लो समय आएर मात्र बिरोध गरेको हुँ भन्नुभयो । अहिले महाधिवेशन आउन लागेका कारण बिरोध गर्नथाल्नु भएको हो ?
सभापतिलाई मैले धेरै सहयोग गरेको हुँ । तर, सभापतिले चितवनको ६० वर्षको इतिहास भुलेर पुष्पकमल दाहालकी छोरी (रेणु दाहाल)लाई उम्मेदवारीमा सहयोग गर्नुुभयो । कतै हलोमा, कतै के मा भोट हाल्न लगाएर संगठन सखाप बनाइदिनुभयो । त्यस्तो त गर्नु भएन नी ?
बाहिर जे भने पनि सभापति देउवा र महामन्त्री शशांक आगामी महाधिवेशनमा मिलेर अघि बढ्ने तयारीमा रहेको चर्चा छ नि ?
हा हा… होइन, मेरो भनाइ के हो भने शेरबहादुरजीबाट यो पार्टी चलेन । उहाँलाई पार्टी नेतृत्वबाट हटाउनै प(यो भन्ने धारणा हो । उहाँले के गर्नुहुन्छ म भन्न सक्दिन । उताबाट बिमलेन्द्र (उपसभापति बिमलेन्द्र निधि) उठ्ने भन्ने निधो गरेकाले शेरबहादुरजी उठ्नुहुन्छ कि हुन्न भन्न सकिँदैन अहिले । मान्छेहरू भन्छन् उहाँ उठ्नुभएन भने तपाईलाई नै सहयोग गर्नुहुन्छ । मैले पनि उहाँले सहयोग गर्नुहुन्छ भने ठिकै छ भनेको छु । यताबाट पनि सहयोग पाउने, उताबाट पनि सहयोग पाउने भएँ भने त सजिलो हुन्छ ।
सहयोग लिने विषयमा पनि कुरा त भएको होला ?
छैन । शेरबहादुरजीसँग केही कुरा भएको छैन । एक पटक उहाँले भन्नुभएको थियो । यस पटक मलाई सहयोग गर अर्को पटक म तिमीलाई नै सभापति बनाउँछु । धेरै पहिला भन्नुभएको हो ।
यस पटक उहाँलाई सहयोग गर्ने अर्को पटक तपाईले सहयोग पाउने सम्भावना कत्तिको छ ?
राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । राजनीति सम्भावनाकै खेल हो । हरेक सम्भावनालाई हेर्नुप(यो । के गर्दा उपयुक्त हुन्छ भन्ने निचोड निकाल्नुपर्छ । व्यक्तिका लागि मात्र होइन पार्टी र देशका लागि कुन हानिकारक हुन्छ ? कुन लाभदायक हुन्छ हेर्नुपर्छ । सबैखाले सम्भावना हुन्छ ।
१३औं महाधिवेशनमा फरक समूहबाट उठे पनि तपाईहरूले एक अर्कालाई सहयोग गर्नुभएकै थियो । उसो भए अहिले पनि त्यो सम्भावना छ ?
सम्भावना त छँदैछ । शेरबहादुरजी उठ्नुहुन्छ की हुँदैन भन्ने कुराले निर्भर गर्दछ । उठ्नु भएन भने कसलाई समर्थन गर्नुहुन्छ ? बिमलेन्द्रलाई गर्नु हुन्छ वा अरु कसैलाई सहयोग गर्नुहुन्छ, हेर्न बाँकी नै छ ।
पहिलो, गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।
तपाई के गर्नुहुन्छ ? सभापतिमा उठ्नुहुन्छ कि हुँदैन ?
म त उठ्छु । तर, सबैसँग कुरा गरेर उठ्छु । सकेसम्म हाम्रो तर्फबाट एक जना मात्र उम्मेदवार होस् भन्ने मेरो चाहना छ ।
महामन्त्री हुँदा त केही गर्नुभएन भन्ने नेता तथा कार्यकर्ताको गुनासो छ ?
यो मेरो राजनीतिक बाध्यता हो म उठ्छु । मलाई सभापति पदमा जान, प्रधानमन्त्री बन्न कुनै रुचिछैन । तर, म उठ्दा जित्ने सम्भावना बढी हुन्छ ।
कसरी ?
बिपीको पुत्र भएँ । पार्टीमा धेरै वर्षदेखि लगानी गरेको छु । म पार्टीलाई कसरी सञ्चालन गर्ने ? भोली कांग्रेस सरकारमा पुग्दा के गर्ने भन्ने मसँग योजना छ । त्यसकै आधारमा सभापतिको उम्मेदवारी दिन्छु ।
पार्टी र मुलुक सञ्चालन गर्ने तपाईका योजना के हुन ?
पहिलो, गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।
दोस्रो, जनताको पक्षमा काम गर्नेगरी राम्रो योजना बनाउने र निर्वाचन जित्ने । निर्वाचन जितेपछि मुलुकको आर्थिक विकास गर्ने हो । विकासको कुरामा यहाँ सम्भावना भएको पर्यटन, जलविद्युत र कृषी क्षेत्र हो । अब हामीले कृषीमा ध्यान दिनुपर्छ । कृषीलाई आधुनिकीकरण गर्नुपर्छ । कृषी सम्बन्धी उद्योग खोल्नुपर्छ । अनि भूमि बैंकको अवधारणाअनुसार युवाहरूलाई कृषीमा आकर्षण गर्नुपर्छ । कृषीमा बजेट बढाउनुपर्छ । खाद्यान्नमा हामी पहिला आत्मनिर्भर हुनुप(यो । उत्पादन बढाउनुप(यो । हामी कहाँ उत्पादन नहुने तर पानी जाहाज र रेल ल्याएर के गर्ने ? गाउँको विकास गर्नुप(यो । सहरलाई होइन गाउँको विकासलाई केन्द्रमा राख्नुपरयो ।
संविधानसभाबाट हामीले संविधान दिएपछि कांग्रेस अहिले भूमिका विहीन जस्तो बनेको छ । प्रतिपक्षीको भूमिका पनि प्रभावकारी भएन भने आलोचना भइरहेको छ । हामीले एउटै स्वरमा आवाज उठान सकेनौं । सबैले आ–आफ्नो ढंगबाट मात्रै कुरा उठाउँदा त्यसको प्रभाव परेन ।
कांग्रेस सभापतिमा उठ्छु भन्ने सबै (विगतदेखि वर्तमानसम्म)ले भन्ने एउटै रहछ गुटबन्दी अन्त्य गर्छु होइन त ? तर, सभापति भएपछि आफैले गुट चलाउने ?
शेरबहादुरजीको रगतमा गुट छ । आफ्नो बाहेक अरुलाई हेर्नै चाहनुहुन्न । उहाँले गुटबन्दी समाप्त गर्न पनि चाहनु भएन । १४औं महाधिवेशनपछि शेरबहादुरजीको गुट पनि चल्नेवाला छैन । त्यसले गर्दा कांग्रेसमा गुटबन्दी अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाएर लैजान सजिलो छ । सुशील कोइरालाले प्रयास गर्नुभयो । त्यो बेला शेरबहादुरजी शक्तिशाली नेता हुनुहुन्थ्यो । उहाँले काम गर्नदिनुभएन । गठन गरेको विभाग ९ महिनापछि खारेज गर्न लगाउनुभयो । आउँदो दिनमा जोसुकै सभापति भए पनि त्यस्तो सम्भावना कम देख्छु ।
ठिक भन्छन् । शेखर दा र मेरोबीचमा वार्ता भएको छैन । उहाँसँग मैले वार्ता गर्नुपर्छ । उहाँसँग कुरा गर्छु । अहिले नै कुरा गर्दा अरुअरु जन्मिन्छन् भन्ने डर हो । पछि त वार्ता गर्नुपरिहाल्छ । मिलाउनु परयो, त्यो मिल्छ ।
१४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिष्पर्धा त हुन्छ । जो हार्छ उसले सभापतिलाई काम गर्ने दिँदैन वा हारेकोलाई समेटेर अघि बढ्दैन अनि कुरा अहिले कै जस्तै त होला ?
म सभापति भएँ भने मेरा प्रतिष्पर्धीलाई पनि सम्मानसाथ लिएर अघि बढ्छु । म त्यो गरेर देखाउँछु । १४औं महाधिवेशनपछि गुटहरू अन्त्य हुन्छ । ढुक्क हुनुहोस् ।
अहिले कांग्रेसभित्र दर्जन गुट पुग्न लागेका छन् । पछिल्लो समयलाई हेर्ने हो भने कांग्रेसमा गुटहरू युरिया मलहाले जस्तो झाङ्गीएका छन्, होइन ?
छन् । तर, सबै कुरा सभापतिमा निर्भर गर्छ । सभापतिले चाहँदा गुटको अन्त्य हुन्छ ।
त्यसका लागि तपाई नै सभापति हुनुपरयो ?
एकदम ।
त्यही गुटहरू मिलाएर सभापतिको उम्मेदवार बन्नै तपाईलाई सकस होला जस्तो छ ?
सबैसँग कुरा गर्नुप(यो । अहिले त हाम्रो अधिवेशन कहिले हुन्छ भन्ने नै निश्चित छैन । फागुन ७ गते हुनसक्ने सम्भावना अब धेरै कम छ । वैशाखरजेठभन्दा उता लैजान हुँदैन भन्ने मेरो दृष्टिकोण छ । त्यसभन्दा उता जाँदा संवैधानिक संकट आउँछ । फेरि त्यसलगतै स्थानीय तहको निर्वाचन आउँछ । त्यसको तयारीमा पनि पार्टी जुट्नुपरयो ।
शेखर कोइराला र तपाई दुवै सभापतिका आकांक्षी हुँदा कांग्रेसकै कतिपय नेताले घर त मिलाएका छैनन् पार्टी कसरी मिलाउलान् भन्दैछन् ?
ठिक भन्छन् । शेखर दा र मेरोबीचमा वार्ता भएको छैन । उहाँसँग मैले वार्ता गर्नुपर्छ । उहाँसँग कुरा गर्छु । अहिले नै कुरा गर्दा अरुअरु जन्मिन्छन् भन्ने डर हो । पछि त वार्ता गर्नुपरिहाल्छ । मिलाउनु परयो, त्यो मिल्छ ।
उहाँलाई छाड्नसक्ने सम्भावना कति छ ?
उहाँले जित्नसक्ने सम्भावना मलाई देखाइदिनुस् म छाडिदिन्छु । मैले अघि पनि भने मेरो बाध्यता हो । तर, जित्ने मान्छे म नै हो ।
पार्टी सभापति हुन पनि तपाईलाई यस्तो धेरै बाध्यता छ है ?
मलाई सभापति हुने, प्रधानमन्त्री हुने कुनै इच्छा छैन । तर, जसरी पनि पदमा पुग्नुप¥यो भन्ने मेरो चाहना होइन । मेरो चाहना पार्टी राम्रो होस् भन्ने हो । बिपीले स्थापना गरेको पार्टीलाई राम्रो बाटोमा अघि बढाउनसकौं । यो राष्ट्रलाई आर्थिक विकास र संमृद्धिको बाटोमा हिडाउन सकौं भन्ने मेरो लक्ष्य हो । त्यसका लागि मात्र सभापति हुन खोजेको हुँ ।
धर्म र राजनीतिलाई जोड्न मिल्दैन । तर, महाधिवेशनमा यस विषयमा कुरा उठ्छ । म हिन्दुधर्मभन्दा धर्म स्वतन्त्रताको पक्षमा उभिन्छु ।
बाध्यताले पदमा पुग्दा त परिणाम आउला र ?
सभापति भएपछि त काम गर्नुपर्छ । पदका लागि मात्र होइन । बिपीको बेलामा कांग्रेस भनेपछि जुन गौरव थियो त्यसलाई फर्काउनका लागि हो । सबै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताले तपाई नै हो सभापतिमा जित्ने, उठ्नुपर्छ भनिरहेका छन् । पार्टी, देश र आफ्नो भविस्य उज्वल बनाउने हो । सभापतिमा मलाई सहयोग गर्नुहोस् भनेर म सबैलाई अपिल गर्छु । कोरोना हटेपछि गाउँ गाउँ पुगेर पनि भन्छु । अहिलेको सक्रियताले पुग्दैन ।सभापतिलाई भन्नुहुन्न ? कि भागबन्डाको मात्र कुरा हुन्छ ?
मैले त उहाँलाई धेरै पटक भनेको छु । शेरबहादुरजी पार्टी यसरी चलेन । समय सकियो अधिवेशन गरौं भनेको हुँ । त्यो कुरा पोखरामा पनि भने तर हाम्रो पक्षकाले पनि होइन होइन सहमति गरांै भन्नुभयो । सहमति गर्दा संगठन चलायमान भएन । राजनीतिमा प्रतिष्पर्धा हुन्छ । त्यसबाट डराएर भाग्न भएन । नयाँ मान्छेलाई पार्टी प्रवेश गराउनुप(यो । युवालाई आकर्षण गर्नुप¥यो । तर, हाम्रो संगठन अहिले ध्वस्त भएको छ । सरकारका गल्ती कमजोरीको भण्डाफोर गर्नुप(यो । सत्तारुढ दल बिग्रेला भनेर मात्र हेर्ने होइन । संगठन चुस्त र दुरुस्त बनाएर राख्नुप¥यो । नेताले होइन कार्यकर्ताले पार्टी संगठन सञ्चालन गर्नुप(यो ।
१२ सय क्रियाशील सदस्यता भएको ठाउँमा पार्टीको पक्षमा ३ सय मत आउछ । संगठन नै छैन । यसलाई पाँच वर्षमा पनि सच्याउन सकिन्छ की सकिँदैन थाहा छैन । १० वर्षमा सकिन्छ की । कार्यकर्ताले संगठनलाई चलायमान बनाउनुप(यो । तर अहिले त्यसो भएको छैन । त्यसको सम्पूर्ण जिम्मेवारी शेरबहादुरजीको हो । अलिकति भागिदार म पनि हुँ ।
संविधानमा रहेको धर्मनिरपेक्षताको तपाईले बिरोध गर्दै आउनुभएको छ किन ?
धर्म सापेक्ष वा निरपेक्ष दुवै हुँदैन । धर्म स्वतन्त्र हुन्छ । धर्मनिरपेक्ष भनेको धर्म परिवर्तन गर्न पाइँदैन भन्ने हो । अहिले धर्म परिवर्तन भइरहेका छन् । चर्च निर्माण भइरहेका छन् । धार्मिक स्वतन्त्रता भनेको सबैले आ–आफ्नो आस्थाअनुसार मान्न पाउने कुरा हो । तर निरपेक्षता भने धर्मप्रतिको आस्थाको क्षय हो । हाम्रो राष्ट्र धार्मिक राष्ट्र हो तर धर्ममा आस्था नगर भनेर कसरी भन्न मिल्छ । धर्म र राजनीतिलाई जोड्न मिल्दैन । तर, महाधिवेशनमा यस विषयमा कुरा उठ्छ । म हिन्दुधर्मभन्दा धर्म स्वतन्त्रताको पक्षमा उभिन्छु । जनमत संग्रह पनि गर्न सकिन्थ्यो तरसँगै राजा, संघीयतासहितका धेरै विषय उठ्नसक्छ । कतिले जनगणना अनुसार गर्नु पनि भनेका छन् ।
साथीहरूले भन्थे तिम्रो बुबा कहाँ हुनुहुन्छ ? मैले जेलमा भनेपछि गैरकानुनी काम गरेपछि जाने ठाउँ जेल हो भन्ने साथीहरूलाई लाग्यो । उनीहरूले मलाई त्यही अनुसार हेरेपछि मलाई दुःख लाग्यो । म रोएँ । त्यसपछि प्रिन्सिपल आउनुभयो र मलाई काखमा राखेर भन्नुभयो तिमीले त गर्व गर्नुपर्छ ।
अहिले सरकारका कामप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?
यो सरकार सपना बाँड्ने बाहेक सबै कुरामा पूर्णतः असफल भएको छ । कोरोनाको यत्रो महामारीमा सरकारले एउटा राम्रो क्वारेन्टिन पनि बनाउन सकेन । एउटा नयाँ योजना ल्याउन सकेको छैन । सबै अघिल्ला सरकारको पालामा सुरु भएको आयोजनालाई भजाई रहेको छ । मुलुकको परराष्ट्र नीति पूर्णरूपमा असफल भएको छ । भारतसँगको वर्षेदेखिको सम्बन्ध बिग्रीएको छ । हामीले संसद्बाट नयाँ नक्सा पास ग¥यौं, नक्सा पास गर्नुपथ्र्यो तर त्यो भन्दा पहिला उनीहरूसँग वार्ता गरेर एउटा वातावरण बनाउनु पथ्र्यो । हामीले त्यसो गरेनौं । प्रधानमन्त्री राम र अयोध्याको कुरा गरिहनु भएको छ । मुलुकको प्रधानमन्त्रीले मनमा जे आयो त्यहीँ बोल्ने हो र ? परराष्ट्रमन्त्री भारत र चीनसँगको सम्बन्ध बल्ल सन्तुलित बनायौं भन्दै हुनुहुन्छ । अनि नेपालका लागि चीनका राजदूतको सक्रियता बढ्दो छ । यस्तो पनि कहिंहुन्छ ? अहिले जस्तो नेपालको असन्तुलित परराष्ट्र नीति कहिल्यै थिएन । भारतसँगको पुरानो मित्रवत सम्बन्ध स्थापीत गर्न हामीले धेरै प्रयत्न गर्नुपर्छ ।
२०७२ सालमा संविधान जारी भएपछि नाकाबन्दीको बिरोध गर्न नसकेको कांग्रेसलाई अहिलेको सरकारले अलि बढी ग(यो भन्ने लागेको होला ?
भारतसँगको सम्बन्ध नराम्रो हुन्छ की भनेर त्यो बेला नाकाबन्दीको उच्चारण नगरेको होला । तर, नाकाबन्दी त भएकै हो नी । अहिले हामीले सम्वादको बाटो नै बाँकी भएन । कहाँबाट सुरु गर्ने ? सबै बाटो बन्दभयो ।
सरकारको गलत कुराको बिरोध गर्न र सही बाटो देखाउन नसक्नु प्रतिपक्षको असफल भएन र ?
हामीले एउटै स्वरमा सरकारका गलत कुराको बिरोध गर्नुपर्ने हो । त्यो गर्नसकेनौं । सबैले आ–आफ्नो कुरा भन्यौं । एकै ठाउँमा केन्द्रित नहुँदा सरकार त पूर्णरूपमा असफल भयो नै हामी पनि आशिंक असफल जस्तो देखिएका छौं । शेरबहादुरजीले नै प्रधानमन्त्रीसँग के के कुरा गर्नुहुन्छ ? भ्रष्ट्राचार कहाँ कहाँ भयो भनेर तोकेर भन्नसक्नुपथ्र्यो, हामीले सकेनौं । यो सरकारले काम गरेन कांग्रेस भएको भए यस्तो गथ्र्यो भन्ने तयारी पनि गरेनौं । त्यो दुर्भाग्यभयो । शेरबहादुरजीलाई मैले विज्ञहरूलाई बोलाउनुस् छलफल गरौं भने तर उहाँले गर्नुभएन ।
राणा, राजाविरुद्ध कोइराला परिवारको लामो संघर्ष र योगदान छ, अहिले त्यसबाट कति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त छु । तर, त्यस्तो दुःख पनि आउँछ भन्ने हामीले कल्पना गरेका थिएनौं । त्यत्रो दुःख थियो हामीलाई । हामीसँग पैसा नै हुँदैन थियो । आज खायो भने भोली के खाने भन्ने थियो । निकै गाह्रो थियो । ठूलो परिवार थियो, राजनीतिक रूपमा पनि आउने जाने भइरहन्थ्यो । एक पटक पकाएको तरकारीमा जतिमान्छे थपियो त्यति पानी थप्दै जाँदा अन्तिममा खानेको भागमा त पानी मात्रै बाँकी हुन्थ्यो । तर, अहिले हामीलाई खान लगाउन त्यस्तो दुःख छैन । राजनीतिक रूपमा पनि मुलुकले एउटा बाटो समाएको छ ।
नेपालमै नबसेर तपाईहरू सपरिवार किन निर्वासनमा जानुभयो ?
यहाँ निकै तनावपूर्ण अवस्था थियो । त्यस्तो वातावरणमा हाम्रो शिक्षादिक्षा राम्रो हुनसक्दैन भनेर आमाले खुला वातावरण चाहिन्छ भनेर उता लैजानु भएको हो । शेखर दा (शेखर कोइराला) बाहेक परिवारका सबै सदस्य उतै गएर पढ्यौं । उहाँले विराटनगरमै पढ्नुभयो । कोसु बुवा (केशव कोइराला)ले विराटनगरमा खेतिपाती देखि सबै हेरचाह गर्नुहुथ्यो त्यसैले शेखर दा पनि जानुभएन ।
नेपालबाट आएको विद्यार्थी त्यसमा पनि एउटा राजबन्दीको छोरो त्यहाँ विद्यालयमा कसरी हेरिन्थ्यो ?
सेन्जेभिर्यसमा साथीहरूले भन्थे तिम्रो बुबा कहाँ हुनुहुन्छ ? मैले जेलमा भनेपछि गैरकानुनी काम गरेपछि जाने ठाउँ जेल हो भन्ने साथीहरूलाई लाग्यो । उनीहरूले मलाई त्यही अनुसार हेरेपछि मलाई दुःख लाग्यो । म रोएँ । त्यसपछि प्रिन्सिपल आउनुभयो र मलाई काखमा राखेर भन्नुभयो तिमीले त गर्व गर्नुपर्छ । तिम्रो बुबा त नेपालका जनतालाई स्वतन्त्र बनाउनका लागि जेल जानु भएको हो । त्यसले मलाई अलिकति हौसला मिल्यो । हामी एक प्रकारको शरणार्थीकै रूपमा त्यहाँ बसेका थियौं । तर, देवेन्द्रप्रसाद सिंहसहितका धेरै भारतीय नेताहरूले हामीलाई आर्थिक सहयोग गर्नुभयो । जब बिपी कोइराला जेलबाट छुट्नुभयो त्यसपछि हामीलाई धेरै सहयोग भयो । नागरिकबाट

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares