९ सय १३ मानिसले एकैपटक सामूहिक आत्महत्या गरेको त्यो घटना…

९ सय १३ मानिसले एकैपटक सामूहिक आत्महत्या गरेको त्यो घटना…

२५ भदौं (काठमाण्डौं)
प्रायः दुर्घटनामा परेर एकै पटक धेरैको मृत्यु भएको त हामीले सुनेका हुन्छौं तर एकैपटक एकै स्थानमा ठूलो समूहले आत्महत्या गरेको भनेको सुन्दा जोकोहीलाई पनि विश्वास गर्न धेरै गाह्रो हुन्छ। यस्तै अकल्पनिय घटना केही वर्ष अगगाडी अमेरिकामा घटेको छ। यो घटना १९७८ को घटना हो। अमेरिकाको गुयाना जोन्सटाउनमा एकै पटक ९ सय १३ जना मानिसले आत्महत्या गरेका थिए। अन्धविश्वासको कारण एकैसाथ आत्महत्या गरेको बताइएको छ।
यति धेरै मानिसहरुले एकैपटक आत्महत्या गर्नुको कारण जिम जोस नामका धर्मगुरु भएको बताइएको छ। धर्मगुरुले आफैलाई भगवानको अवतार मान्दै चर्चमा बस्थे। उनका हजारौ अनुयायीहरु थिए। उनले मनपराएका महिला र पुरुष अनुयायीलाई आफूलेसँगै राख्थे। ती अनुयायीले रातदिन उनको सेवा गर्थे।
उनी आफ्ना अनुयायीको साथमा अमेरिकाको टाढा गुयाना जंगलमा बस्दै आएका थिए। त्यहाँ उनले अनैतिक गतिविधि पनि गर्ने गरेको खबर बाहिर आएका कारण अमेरिकी सरकारको उनलाई कारवाही गर्ने चेतावनी दिएको थियो। त्यस बखत धर्मगुरुले सबै अनुयायीहरुलाई सेनाको गोलीबाट बच्न भन्दै जबरजस्ती विष भएको जल पिलाएका थिए।
कसैले इच्छाले पिए भने कसैलाई जबरजस्ती नै पिलाए। उक्त जलको कारण ९ सय भन्दा बढी मानिसले एकै ठाउँमा एकै पटक ज्यान गुमाए। ज्यान गुमाउनेमा ३ सय बालबालिका समेत थिए। एजेन्सीबाट

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares