कहाँकहाँ छलिए वामदेव गौतम?

कहाँकहाँ छलिए वामदेव गौतम?

१८ भदौं (काठमाण्डौं)
ओलीले गरेको भनिएको त्यो अलिखित “वाचा“ गौतमले कहिल्यै सार्वजनिक रूपमा कोट्याएनन्।
स्थानीय निर्वाचनअघि तत्कालीन माओवादी र एमालेबीच खटपट पर्दा गौतमले मध्यस्थता गरे र बजेटपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने सहमति बन्यो। तर त्यो कार्यान्वयन नभएपछि माओवादीले नेपाली कांग्रेसको समर्थनमा गठबन्धन सरकार बनायो।
अर्का एक नेताका भनाइमा गौतमले त्यस बेला ओलीलाई प्रस्ताव राखेका थिएः “तपाईँले प्रचण्डलाई नदिने हो भने म माओवादीसँग कुरा गर्छ, तपाईँले मलाई प्रधानमन्त्रीमा साथ दिनूस्।“
उनले सुनाए, “तर ओलीले मानेनन्, नत्र वामदेव गौतमको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो।“
चुनावमा हराउन पार्टीभित्रैबाट झेल भएको गौतमको बुझाइ छ। चुनाव हारेपछि पुनर्निर्माण प्राधिकरणलाई शक्तिशाली बनाएर उपप्रधानमन्त्रीसरहको हैसियतमा त्यसको जिम्मेवारी लिने इच्छा गौतमको थियो। तर उनले ओलीको साथ पाएनन्।
प्रतिनिधिसभामा लग्ने आश्वासन र जाने इच्छाका खबरहरू बारम्बार आए, तर गौतमको निम्ति त्यो ढोका खुल्दै खुलेन। उनका लागि सांसद पद छाड्न तयार भएकालाई प्रधानमन्त्री ओलीले नै रोकिदिएको गौतम निकटस्थहरूको बुझाइ पाइन्छ। बिबिसीबाट

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares