सङ्कटमा केपी शर्मा ओलीलाई काँध थाप्ने वामदेव गौतमलाई किन ’धोकाको पीडाबोध’

सङ्कटमा केपी शर्मा ओलीलाई काँध थाप्ने वामदेव गौतमलाई किन ’धोकाको पीडाबोध’

१८ भदौं (काठमाण्डौं)
नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने निर्णय कार्यान्वयनको पक्षमा आवाज उठाएपछि उक्त पार्टीभित्र र राष्ट्रिय राजनीति फेरि तरङ्गित बनेको छ।
गौतम उनै नेता हुन् जसले राखेको छबुँदे प्रस्तावपछि नेकपाभित्रको लामो र गम्भीर विवादको समाधान खोज्न कार्यदल बन्यो र त्यसले प्रस्तुत गरेको प्रतिवेदनपछि त्यो सुल्झिने सम्भावना देखा परेको थियो।
केपी शर्मा ओलीमाथि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नै पर्ने परेको दबाव त्यससँगै टरेको हो।
त्यसमाथि औपचारिक छलफल नहुँदै गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय लागु हुनुपर्ने माग फेरि अघि सारेका छन्। बिबिसीबाट

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares