खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने कुरा

खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने कुरा

१३ भदौं (काठमाण्डौं)
हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्।
तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका छन्।
आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन्। नेपाली भान्साको अपरिहार्य उक्त ’मसाला’को गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्ने उनीहरूको भनाइ छ।
आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत् कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा पनि दैनिक रूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको छ। बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्ने निर्देशिकामा उल्लेख छ।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय बेसारको आयात ह्वात्तै बढेको देखिन्छ जसको सीधा साइनो खपतसँग जोडिएको जानकारहरू बताउँछन्।
अत्यधिक सेवन गरे के हुन्छ?
तर विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन्।
आयुर्वेदमा पनि रुचि राख्ने त्रिभुवन विश्वविद्यालयअन्तर्गत औषधि चिकित्सा विज्ञान विभागका सहप्राध्यापक डा. सम्मोद आचार्य हजारौँ वर्षदेखि नेपालका अधिकांश स्थानसहित दक्षिण एशियाका विभिन्न क्षेत्रमा बेसार सेवन गरिँदै आएको भए पनि यसको मनपरी प्रयोग निकै घातक हुनसक्ने बताउँछन्।
“रुघाखोकी लागेका बेला एकदुई दिन बेसारपानीमा राखेर पिउँदा समस्या हुँदैन। तर धेरै बेसारपानी अनियन्त्रित रूपमा खाँदा भने यसले राम्रो गर्छ भन्न सकिँदैन,“ उनले भने।
अझ बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा रहने उनी बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागका प्राध्यापक गङ्गाप्रसाद खरेल पनि आचार्यसँग सहमत छन्।
उनी भन्छन्ः “मानव शरीरमा बेसारको महत्त्वबारे धेरै अनुसन्धान गरिएको छ र यसले शरीरको प्रतिरक्षा प्रणाली सुदृढ गर्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएका छन्। तर बेसारको अत्यधिक प्रयोगले भने दीर्घकालीन रूपमा समस्या उत्पन्न गराउन सक्छ।“
तराई र पहाडी जिल्लामा भान्सामा तरकारी र दालमा प्रयोग हुने बेसारको मात्रा ठिक रहेको विज्ञहरू बताउँछन्।
अत्यधिक बेसार सेवन मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको खतरा रहने उनीहरूको भनाइ छ। त्यस्तै कलेजोमा पनि यसले समस्या पार्ने बताइन्छ।
बेसार कति सेवन गर्दा हानि हुँदैन?
विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निचोड निकालेको डा. बखिम बताउँछिन्।
बेसारमा कर्क्यमिन नामक रासायिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्ने राजपत्रमा प्रकाशित “फुड स्टयान्डर्ड“मै उल्लेख गरिएको छ।
डा. बखिमका अनुसार कर्क्यमिनको मात्रा तीन प्रतिशत ननाघेको बेसार राम्रो हुन्छ।
त्यस्तै जलांश (तौलका आधारमा) १२ प्रतिशत नबढेको, कुल भस्म १० प्रतिशत नबढेको, एसिडमा नघुल्ने भस्म १.५ प्रतिशत नबढेको, लेड क्रोमेट नभएको अनि कुल स्टार्च ६० प्रतिशत नबढेको हुनुपर्ने उल्लेख गरिएको छ।
कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान नहुने विज्ञहरू बताउँछन्।
“विशेषतः रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुन्छ,“ डा. आचार्यले भने।
बेसारले शरीरमा ताप पैदा गर्ने हुँदा विशेषतः गर्मी मौसममा कम खान उचित हुने उनी बताउँछन्।
बेसारका फाइदा के हुन्?
खरेलका अनुसार बेसारले शरीरमा जलन कम गर्ने काम गर्छ। बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन्।
त्यस्तै एन्टी(अक्सिडन्ट गुणका कारण छिट्टै छाला चाउरी नपर्ने जस्ता फाइदा हुने विज्ञहरू बताउँछन्।
विभिन्न गुणका कारण बेसारलाई परम्परागत र आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। यसलाई रङ्गका रूपमा पनि प्रयोग गरिन्छ।
पानीमा बेसार नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुने विज्ञहरू बताउँछन्।
“कर्क्यमिन कहिलेकाहीँ हाम्रो आन्द्राले सोस्दैन। तसर्थ दूध र बेसारमा थोरै मरिच मिसाएर पिउँदा राम्रो बेसार कसरी चिन्ने?
आफैँले खेतबारीमा रोपेको बोटबाट सङ्कलित कन्दबाट निर्मित धूलो बेसारमा शुद्ध हुन्छ। तर बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ।
धूलो बेसारको परीक्षण प्रयोगशालामै गरिनुपर्ने भए पनि केही हदसम्म घरेलु विधिबाट पनि त्यसको गुणस्तरबारे जानकारी प्राप्त गर्न सकिने विज्ञहरू बताउँछन्।
पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोड्दा चक मिसिएको रहेछ भने तल थेग्रिने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्ने विभागमै कार्यरत खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ डा. हुमा बाखिम बताउँछिन्।
त्यस्तै पानीमा बेसार घुलनशील नहुने हुँदा पानीमा मिसाउना साथ कडा रङ्ग सर्नु पनि मिसावटको एक किसिमको सङ्केत रहेको जानकारहरू बताउँछन्।
बेसार किन्दा प्याकेटमा डीएफटीसीक्यू नम्बर देखिएको उत्पादन गुणस्तर विभागबाट प्रमाणित भएको हुन्छ।
मिसावटको प्रचुर सम्भावना रहने हुँदा सकेसम्म खुला रूपमा कारोबार गरिने बेसार नकिन्नु उपयुक्त हुने विभागको सुझाव छ। अझ राम्रो हुन्छ। तर यो पनि अत्यधिक मात्रामा सेवन नगरै मात्रै हो,“ खरेलले भने। बिबिसीबाट

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares