मुख्यमन्त्री भट्टद्धारा गौारा पर्वको शुभकामना

मुख्यमन्त्री भट्टद्धारा गौारा पर्वको शुभकामना

१० भदौं (धनगढी)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वको सन्दर्भमा शुभकामना शन्देश जारी गर्दै यो पर्व सुदूरपश्चिमेलीहरुको बिशिष्ठ पहिचान भएको बताएका छन् । गौरा पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरोस भन्ने शुभकामना ब्यक्त गरेका हुन् ।
देश विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिंदै शुभकामना सन्देशमा भनेका छन् ‘हाम्रो प्रदेश बहुजातीय,, बहुसास्कृतिक विशेषताको अनुपम संगम स्थल हो । परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व यस प्रदेशको बिशिठ पहिचान समेत हो । सदीयौंदेखि मनाउँदैआएको यो पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ।’

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares