डोकेबजार क्षेत्र सिल

डोकेबजार क्षेत्र सिल

१० भदौं (कञ्चनपुर)
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा पर्ने डोकेबजार क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार राति १२ बजेदेखि भदौ १४ गते सम्मका लागि उक्त क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
भारतबाट घर फर्किने नेपालीहरु र तिनलाई बोक्ने सवारी साधनका चालक सहचालकको सम्पर्क बढी हुन थालेपछि डोकेबजार क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । ‘नाकामा पुगेकाहरु सिधै पसलमा गएर किनमेल गरिरहेका छन्, सवारी साधनका मजदुरहरु पनि त्यहि घुलमिल भइरहेका छन्,’ खतिवडाले भने, ‘यसबाट भोलि जोखिम नहोस् भनेर सिल गरिएको हो ।’
डोकेबजार कैलाली र कञ्चनपुरको सीमामा पर्छ । कैलालीको गौरीफण्टा नाका भएर घर फर्किनेहरु यहि क्षेत्र भएर भित्रिन्छन् । नाकामा भित्रिनेहरुको भीडभाड अव्यवस्थित भएपछि संक्रमणको जोखिम बढेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त क्षेत्रका स्थानीयमा अहिले सम्म संक्रमण देखिएको छैन ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares