गृहमन्त्रीको टोलीद्धारा बाजुरा बाढीपहिराे प्रभावकाे स्थलगत अनुगमन

गृहमन्त्रीको टोलीद्धारा बाजुरा बाढीपहिराे प्रभावकाे स्थलगत अनुगमन

२ भदौं (धनगढी)
गृहमन्त्री राम बहादुर थापा लगायत प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको टोलीद्धारा बाजुरामा एक साता अघि गएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिको मंगलबार स्थलगत अनुगमन गरेको छ ।
साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका, नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकामा अत्यधिक क्षति गरेको छ । एक जना बेपत्ता हुनुका साथै ६८ बढी घरहरुमा क्षति पुगेको छ । बाढी र पहिरोबाट साँफे मार्तडी सडक खण्ड तहसनहस भएको छ । टोलीले बुडिगंगाबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले गौमुल गाउँपालिका वडा न १ मा पुगेर बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगीसमेत वितरण गरेको छ ।
टोलीमा गृहमन्त्री थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह पूर्व उद्योग मन्त्री कर्णबहादुर थापालगायत थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •