धनगढीमा दोस्रो पिसिआर प्रयोगशाला स्थापना

धनगढीमा दोस्रो पिसिआर प्रयोगशाला स्थापना

मुख्यमन्त्रीद्धारा उद्घाटन

उत्तम थापा, २७ साउन (धनगढी)
धनगढीमा कोरोना भाइरस संक्रमण भए नभएको पहिचान गर्न दोस्रो अत्याधुनिक प्रयोगशाला स्थापना गरिएको छ । मंगलबारदेखि सञ्चालनमा ल्याइएको प्रयोगशालाले दैनिक २ देखी तीन हजार स्वाब परीक्षण गर्न सकिने र स्वाब सङ्कलन गरेकै दिन परीक्षणको रिपोर्ट प्राप्त हुने प्रयोगशाला स्थापना गरिएको हो । मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको उद्घाटन गरेका हुन् । उक्त प्रयोशाला प्रदेश सरकारले धनगढीस्थित जनस्वास्थ्य कार्यालयमा स्थापना गरेको छ ।
मुख्यमन्त्री भट्टले अव चाँडै नै डोटी र बैतडी जिल्ला अस्पतालका प्रयोगशाला पनि सञ्चालनमा ल्याइने बताएका छन् । । उक्त प्योगशाला सेती प्रादेशिक अस्पतालकै े मातहतमा रहने छ ।
उद्घाटन कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बत्ति र जनशक्तिको अभाव नभए धनगढीका दुईटै प्रयोशालाबाट अब २४ घण्टामा १६ सयवढी स्वाब परीक्षण गर्न सकिने जानकारी दिए ।
कोरोना संक्रमण परीक्षण गर्ने सुदूरपश्चिममा यो तेस्रो प्रयोगशाला हो । धनगढीमा दुई र डडेलधुरामा एउटा प्रयोगशाला स्थापना भएको छ ।

Share This
  • 432
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    432
    Shares