बाजुरामा सलहको त्रास

बाजुरामा सलहको त्रास

जीवन कैला, २१ साउन (बाजुरा)
तराईका क्षेत्रमा देखिने सलह किरा पछिल्लो समय बाजुरामा पनि देखिन थालेको छ । जिल्लाका ९ वटा स्थानिय तहमध्ये चार वटा स्थानीय तहमा सलह देखिन थालेको बताइएको छ । बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका, जगन्नाथ गाउँपालिका, बुढीनन्दा र बुढीगंगा नगरपालिकामा सलहको झुण्ड देखिन थालेको स्थानीयले बताएका छन् । हिमाली गाउँपालिकामा भने अहिले सम्म सलह देखा परेको छैन् । करिव एक हजार बढि हाराहारीमा आएको सलहको झुण्ड छिमेकी जिल्ला कालिकोट र कर्णालीकोतिर हुदै आज अपरान्ह बाजुरामा प्रवेश गरेको किसान देवराज न्यौपानेले जानकारी दिनुभएको छ । बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकाको वडा नं १, ३ र ४का केहि वस्तीहरुमा सलहको झुण्ड भेट्एिको कृषि शाखा स्वामीकार्तिकले जनाएको छ । वडा नं एकको वाउनी, तिनको काटिँया, खाली, ठुलाचौर, खल्ना र वडा नं चारको फैता, छापु लगायतका वस्तहरुमा सलह देखा परेको हो । त्यस्तै बुढीगंगा नगरपालिकाको नुवाघर लगायतका वस्तिहरुमा पनि सहल देखिएको छ । रातो र हरीयो रङगको सलह किरा अहिले कर्णालीको तिर हुदै बाजुरामा प्रवेश गरेको भए पनि तत्काल किसानको वालिनालिमा भने क्षति नपुर्याएको कृर्षि नायव प्राविधिक सहायक निरेश कटे्लले बताउनुभएको छ । फटिङग्रा भन्दा ठुलो जातको सलह किरा दिउसोको समयमा उडिरहने र विहान, वेलुका किसानको वालिनालीमा क्षेति पुर्याउन सक्ने भएकाले किसानलाई त्यो समयमा वढि सचेत र सजक रहन कृर्षि शाखा स्वामीकार्तिकले अनुरोध गरेको छ । सलह खेतवारीमा पुगि वालीनालीमा क्षेति पुर्याएको खण्डमा किसानलाई थाल ठटाउन, सिटी मार्न, आवाज निस्कीने समाग्रिको प्रयोग गरेर सलह किरा भगाउन सकिने कृर्षि नायव प्राविधिक सहायक कट्टेलको भनाई छ । खेतवारीमा आगो वालेर सलह भाग्न नमानेको खण्डमा काठमा जाल वाधँेर समातेर मार्न सुझाएको उहाँको भनाइ छ । यति खेर बाजुराका केहि वस्तिहरुमा सलहको वथान देखिन थालेको छ भने केहि वस्तिहरुमा छिटफुट रुपमा देखिए थालेको किसानले बताएका छन । सलह मानिसको आवाज सुन्दा, तालि र थाल लगायतका समाग्रि बजाउदा डराउन थालेको स्थानियले बताएका छन । कहि कतै सलह आईहाल्छकि भन्ने पिरलोमा रहेका बाजुराका किसानलाई सलह प्रवेश गर्दा चिन्ता थपिएको छ ।

Share This
  • 88
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares