सुदूरपश्चिममा पनि भयावह बन्दै संक्रमण

सुदूरपश्चिममा पनि भयावह बन्दै संक्रमण

कैलालीमा मात्रै १२ सय २७
१९ साउन (धनगढी)
सुदूरपश्‍चिम प्रदेशमा पनि कोरोना संक्रमण भयावह बन्दै गएको छ । यस प्रदेशेमा संक्रमितको संख्या आइतबारसम्म चार हजार पाँच सय ९३ पुगेको छ । संक्रमितको संख्या कैलालीमा सबैभन्दा धेरै छ । कैलालीका १ हजार २ सय २७ जना संक्रमित छन् ।
अन्य ८ जिल्लामा पनि उस्तै बृद्धि छ । सामाजिक विकास मन्त्रालयका अनुसार अछाममा ६९५, बैतडीमा ३१९, बझाङमा २६८, बाजुरामा ४४९, डडेल्धुरामा ३०१, दार्चुलामा ३८, डोटीमा ७३० र कञ्‍चनपुरमा ५६६ संक्रमणको चपेटामा परेका छन् । जम्मा संक्रमित मध्ये निको भएर घर फर्किनेको संख्या हालसम्म ३२ सय ४८ जना रहेको छ ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares