रोग भन्दा भोकको चिन्ता

रोग भन्दा भोकको चिन्ता

उत्तम थापा, १७ साउन (धनगढी)
लकडाउन हटेसंगै जनजिवन समान्य बन्दै गयो तर कोरोनाको डर भने हराएको छैन । मजदुर वर्गलाई अव रोग भन्दा भोकको चिन्ताले सताउन थालेको छ । लकडाउनका कारण मारमा परेका दैनिक मजदुरी गरीखाने वर्गलाई अझै पनि काम नपाउदा सास्ती खेप्नु परेको छ ।
सुदुरपश्चिमको मुख्य नाका गौरीफन्टा नाका र गडाचौकी नाका वटा दैनिक सयौको संख्यमा नेपालीहरु स्वदेश फर्कने क्रम जारी छ । छिमेकी मुलुक भारत विश्वको कोरोना संक्रमणको तेस्रो स्थानमा छ । भारतवाट नेपाली आईरहदा संक्रमणको डर झन बढेको छ ।
गौरीफन्टा नाका नजिकै डोके बजारमा काम नपाएका मजदुरहरु पानि, विस्कुट, चाउचाउ आदि भारतवाट आएका नागरिकलाई जोखिम मोलेरै बेच्दै आफ्नो जिविकोपार्जन गरीरहेका छन् । डोकेबजार घर भएकाकी विस्नु सुनार भन्छिन हामीलाई त अव रोग भन्दा भोकको चिन्दा बढ्दै गईरहेको छ । त्यसैले यहाँ विस्कुट र पानि बेचेर आफ्नो घरको चुलो जलाउछौ । कमाउने बुढाको गाडी चालक हुन तर अहिले गाडी चलेका छैन् कसरी खाने । कमाएको जति लकडानउनको समयमा खाएर सकियो सरकारले कुनै राहत नदिएको गुनासो पोखिन । सरकारले कि राहत दिओस या कमाउन दिओस उनको गुनासो थियो ।
डोके बजारकै राम बहदुर बुढामगर पनि त्यही चाउचाउ र पानि बेचदै थिए । काम नपाएर सानो तिनो दोकान राखेर काम गरिरहेको उनले बताए । कामै नपाएका कारण जोखिम मोलेरै काम गरिरहेको उनले सुनाए । भारत वाट आएका नागरीकलाई बुढामगर र उनकी श्रीमती चाउमिन पकाएर ख्वाउदै गरेका छन । घरमा दश सदस्य भएका उनको परिवारमा कमाउने दुई जना मात्र छन् । सरकारले कुनै रोजगार नदिएको र रोग भन्दा भोकको चिन्ता भएकाले काम गर्न बाध्य भएको उनले गुनासो पोखे । काम गर्न डर लाग्ने उनकी श्रीमती सिता बुढामगरले बताईन । तर काम गरेन भने घरको चुलो समेत नजल्ने उनले बताईन् । स्थानिय, प्रदेश र केन्द्र सरकारले समयमानै मज्दुर वर्गका लागि विषेश रोजगार प्याकेजको व्यवस्था गर्न जरुरी छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •