पोखरीमा डुबेर २ बालकको मृत्यु

पोखरीमा डुबेर २ बालकको मृत्यु

सिर्जना स्नेही
बझाङ, साउन ४
बझाङमा सिचाँइको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया रहेका छन् । आज बेलुकी करिब ५ः३० बजे सिँचाइको लागि बनाइएको पोखरीमा पौडी खल्दा डुबेर गम्भीर अवस्थामा उनीहरूलाई थप उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी गणेश बमले बताए ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares