हजार दिनका आमालाई पौष्टिक आहार र स्वास्थ्य सामग्री हस्तान्तरण

हजार दिनका आमालाई पौष्टिक आहार र स्वास्थ्य सामग्री हस्तान्तरण

२ साउन, (सुर्खेत)
कोरोना संक्रमणको कारणले उत्पन्न भएको बिषम परिस्थितिलाई व्यवस्थापन गर्न हजार दिनका महिला तथा बालबालिकाहरुलाई शुक्रबार सुर्खेत, बराहताल गाउँपालिकामापौष्टिक अहार र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
South Asian Infant Feeding Research Network Nepal (SAIFRN-Nepal) ले SUN Movement Pooled Fund परियोजना अन्तर्गत उक्त गाउँपालिकाका सबै वडाहरुका सुनौला हजार दिनका आमा तथा बालबालिकाहरुका लागि साबुन ७ हजार ६४० थान, सर्बोत्तम पिठो ३ हजार ६२० पाकेट, क्वाँटी (गेडागुडी) १ हजार ९०० पाकेट, सर्जिकल मास्क १२ हजार ५०० थान, कोरोनाको सुचना भएको व्यानर २४ र लिफलेट २ हजार ८०० थान वितराण् गरिएको स्याफ्रनका सुर्खेत जिल्लाका प्रमुख शैलेन्द्र बिष्टले बताए । गाउँपालिकाका उपप्रमुख शोभा शर्मा, कार्यकारी प्रमुख नेत्रराज गिरी, स्वास्थ्य शाखा प्रमुख राजु बस्नेत,ऋक्ब्ल्ल् सुर्खेतका अध्यक्ष जगत केसी उपस्थित कार्यक्रममा ती सामग्री जिल्ला समन्वय समितिका प्रमुख छबिलाल सिग्देलमाफर्त गाउँपालिका प्रमुख तेजबहादुर बस्नेतलाई हस्तान्तरण गरिएको हो ।

Share This
  • 558
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    558
    Shares