कृषिमा अधुनिकिरण नारामै सीमित

कृषिमा अधुनिकिरण नारामै सीमित

कृषक गोरुगाडाकै भरमा

सुदिप थापा ३ असार, (धनगढी)
सरकारले कृषिमा अधुनिकिकरण भन्ने नारा सुरु गरेको बर्षौ भयो । तर किसानहरु भने गोरुगाडाकै भरमा खेती किसानी गर्न बाध्य छन् ।
धनगढी उपमहानगरपालिका ३ चटकपुरका आश्रय रानाले सरकारले कृषकका लागि अनुदान दिने गरेको सुनेका छन् । तर उनी त्यो अनुदानमा दिने गरेको कृषि औजार उपकरण आफुलाई सक्षम ठान्दैनन् । उनी भन्छन् अनुदान लिन हुनेखाने कृषक पो हुनु पर्दो रहेछ । अनुदानमा आएका उपकरण ५० प्रतिशत छुट छ, तर बाँकी ५० प्रतिशत तिर्ने नै क्षमता नभएकाले उपकरण ल्याउन सकेका छैनन् ।
उनको परिवारमा ९ जना सदस्य छन् । उनको आफ्नै खेतवारी छैन् । २ विगाह जमिन अधियाँ लिएर उनले खेती गरिरहेका छन । १ विगाहा जमिनमा एक बोरा डिएपी जस्को मुल्य २५ सय र युरियालाई एक हजार लाग्ने उनी बताउँछन् । एक विगाह मा सवै जोडेर १५ हजार खर्च लाग्छ उनी भन्छन् । १ विगाहमा २० कुन्टर जति धान फल्छ । लगानी गरेको जति उत्पादन हुदैन धेरै वर्षत घाटामै खेति गरेको उनले गुनासो गरे । यो उत्पादनले वर्षभरि खानै मुस्किल हुन्छ । अझै जमिन भाडामा लिएकाले आधा उव्जनी साहुलाई बुझउनु पर्छ । खेती किसानी गर्न साह्रै गाह्रो भएको उनी गुनासो पौख्छन । अन्य समयमा घर चलाउन राजमिस्त्री गर्दै आएको उनले बताए ।
आश्रय राना एक प्रतिनिधि पात्र मात्रै हुन यस्ता धेरै कृषक छन अरुको जमिन भाडामा लिएर कृर्षि कर्म गर्दै आफ्नो परिवार पाल्दै आएका छन ।
यस्ता वर्गको लागी खासै योजना नभएको र जग्गा लापुर्जा भएका लागीमात्र औजार उपकरण दिने व्यवस्था भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए । हामीले कस्टम हाईरिङ सेन्टर योजना सञ्चालनमा ल्यायौ तर त्यो कार्यक्रम सफल नभएको उनले जानकारी दिए । मन्त्रालयले विपन्न वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले जनकारी दिए ।

Share This
  • 241
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    241
    Shares