क्वारेन्टाईनमा मःम

क्वारेन्टाईनमा मःम

सुदीप थापा, २ असार, (धनगढी)
धनगढी उपमहानगरपालिका ३ मा रहेको नमुना कोरेन्टाईनमा बसिरहेकाहरुले मंगलवार मःमको स्वाद लिन पाएका छन् ।
समाज सेवामा जुटेका धनगढी ३ का युवा छवि लामिछानेले क्वारेन्टाईनमा बसेकाहरुलाई नास्तामा मःम उपलब्ध गराएका हुन् । भक्त वि वि हेल्पिङ ह्याण्डस फर ह्युमानिटीका प्रदेश सल्लाहकार राजबहादुर चन्दले वडाध्यक्षसहितको समूहलाई सहयोग गरेका छन् । आर्थिक सहयोग जुटाएर फाउण्डेसनले सामग्री उपलब्ध गराएका छन् ।
वडाध्यक्ष बलबहादुर ऐरले अहिलेसम्म सहयोगी हातहरुसंग हातेमाले गर्दै क्वारेन्टानई व्यवस्थापन गरेको बताए । उक्त क्वारेन्टाइनमा महिलाको लागि बेग्लै शौचालयको व्यवस्था मिलाएको, सेनिटेरी प्याड, निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको ऐरले जनकारी दिए । क्वारेन्टाईन भवनको सुरक्षाका लागि भवन वाहिर फलामको तारबार गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुलाई समयमै प्रदेश सरकारसंग समन्वय गरेर परिक्षण गर्ने उनले बताए । क्वारेन्टाइनमा वडाध्यक्षसंगै वडा सदस्य ओम चन्द, नारायण पाण्डेय लगाएत खटिएका छन् ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares