पिसिआरको दायरा बढाउन माग गर्दै अत्तरियामा प्रर्दशन

पिसिआरको दायरा बढाउन माग गर्दै अत्तरियामा प्रर्दशन

भरत साउँद, २८ जेठ (अत्तरिया)
क्वारेन्टाइनको व्यवस्थापन र पिसिआर जाँचको दायरा बढाउनुपर्ने माग गर्दै अत्तरियामा सरकारका बिरुद्ध प्रर्दशन गरिएको छ । सामाजिक संजालवाट जोडिएका सुदूरपश्चिमका युवाहरुको समुह फारेबेष्ट मिन्स रुमको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रर्दशन गरिएको हो ।
साथै उनीहरुले क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा भद्रगोग भएको गुनासो गरेका छन् । हाल दिनप्रतिदिन भारतवाट स्वदेश फर्किने नेपालीको चाप निकै बढे पनि सरकारले नामको मात्रै क्वारेन्टाइन बनाएर उनीहरुलाई पशु जस्तै राख्ने र विश्वास नै नभएको आरडिटी परीक्षण गरेर घर पठाउने काम हुँदा यसले संक्रमणको जोखिम झन बढेको औल्याएका छन् ।
उनीहरुले तीनै तहका सरकारले क्वारेन्टाइनमा बसेकाहरुको उचित ब्यबस्थापन गर्नुपर्ने र उनीहरु सबैको अनिवार्य रुपमा पिसिआर परीक्षण गरेर मात्रै पठाउने ब्यबस्था मिलाइनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

Share This
  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares