विवस ती आमाहरु….

विवस ती आमाहरु….

२५ जेठ (धनगढी
दशगजासम्मै फैलिएको छ भारतको विशाल दुधवा नेशनल पार्क । त्यही पार्कको छेउसम्म भारतले का“डेतार लगाएर आफ्नो क्षेत्रलाई सुरक्षित बनाएको छ । त्यस यता दशगजा र नेपालको भूमि भने उजाड छ ।
दुधवा नेशनल पार्क छेउसम्म फैलिएका विशाल रुखहरुले तराईमा मध्य दिउसोको ४० डिग्री चर्को घामलाई छेक्न छहारी प्रदान गरिरहेका छन् । भारतीय भूमिबाट स्वदेश फर्किने क्रममा भोक र प्यासले थकित आमाहरु, बालबालिका र बृद्धबृद्धाका पाइलाहरु विश्रामका लागि तिनै रुखको छहारीतर्फ लम्किरहेका छन् ।


अघिल्ला दिन झै बिहीबार मध्यान्ह्र पनि सयौंको संख्यामा दुधे बालक बोकेका आमाहरु, बृद्धाहरु गौरिफन्टा ओर्लिरहेका थिए । त्यही समूहमा टीकापुर घरभएकी रुपा साउ“द, डोटीको पूर्वीचौकी गाउ“पालिका घर भएकी नर्मा नेपाली, महेन्द्रनगरको कटान घर भएकी सरस्वती खत्री लगायतका आमाहरु बालबच्चा बोकेर आएका थिए ।
उनीस“ग सबैको साथमा दुधे बालक थिए । १२ बर्षदेखि भारतको सुरतमा श्रीमानस“गै बस्दै आएकी रुपा साउ“दलाई कोरोना कहरका कारण १२ बर्षपछि गाउ“ फर्किने साइत जुराएको थियो । तर गाउ“ पुग्न उनलाई सहज भएन । परिवारसहित भारतको सुरतमा बस्दै आएकी रुपाको परिवारलाई गौरिफन्टासम्म पुग्न तीन दिन लागेको छ । तीन दिनसम्म भोकभोकै बस्नु परेको दुखेसो उनले सुनाइन् ।


‘तीन दिनसम्म बच्चाका लागि बाटोमा दूध नपाइएकोले रोएर हैरान बनायो । आमाको दूधले मात्रै पुग्दैन,’ रुपाले भनिन् ‘बाटोमा जतिसूकै भोक र कष्ट सहनु परेको भएपनि आफ्नो गाउ“ फर्किने यहा“सम्म पुग्न पाएकोमा खुसी लागेको छ ।’
डोटीको पूर्वीचौकी गाउ“पालिका घर भएकी नर्मा नेपाली मुम्बईबाट आएकी हुन् । गौरिफन्टासम्म पुग्न उनलाई पनि तीन दिन लागेको छ । श्रीमान तीनवटा बच्चाहरुसहित फर्किएकी उनको परिवारले खाना नखाएको पनि तीन दिन भयो । गौरिफन्टाको भारतीय क्षेत्रमा रोकिएको बसबाट ओलिएकी नर्मा दशगजामा पुग्दासम्म उनका बालबच्चाहरु रोइकराई गर्न थालेपछि आमाले बुझिन् सायद, उनी सिधै दशगजामा खाना र पानी वितरण गरिरहेका स्वम्सेवी नेपालीहरु युवाहरु बसेको ठाउ“तर्फ लम्किइन् ।
पुर्विचौकीका मात्रै २८ जनाको समूह घर फर्किएको स्थानीय बलुसिंह बिष्टले बताए । आफुहरुको समूहमा आधा संख्या महिलाको रहेको उनले बताए । ‘हामी पुरुषले त सहेका छौं, तर हाम्रा महिला र बालबच्चाहरुलाई सहनै नसक्ने कष्ट भयो’ उनले भने । उनले गौरिफन्टासम्म पुग्न एक जनाको दश हजार भारु भाडा तिर्नु परेको बताए ।


दशगजाको भारतीय क्षेत्रका रुखहरुमा घाम छेक्दै बसेका उनीहरु यहा“देखि गाउ“सम्म कसरी जाने भन्ने चिन्तामा थिए । वर छेउमा स्वम्सेवीहरुले वितरण गरिरहेको खाना र पानी लिनका लागि लाइन लागिरहेका थिए । लाइनमा बृद्ध महिला र बालबालिकाहरु पनि थिए । स्वमसेवकहरुले पाकेटमा तयार गरेर वितरण गरिरहेको खाना लिएर उनीहरु छहारीमै बसेर खादै गर्दा उनीहरुको भोक र प्यास प्रष्टै झल्किदै थियो ।
चर्को गर्मीले बालबालिकाहरु आहत देखिएका बालबालिकाहरुलाई सम्ह्राल्न आमाहरुलाई सकस भइरहेको थियो । दशगजा पुगेका सबै चा“डोचा“डो गाउ“ पुग्ने सवारी साधानमा बस्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा थिए । तर जिल्लातर्फ पु¥याउने सवारी साधनको कुनै टुंगो थिएन । कैलाली र कञ्चनपुरका पालिकाहरुले भने उनीहरुलाई लिन दशगजासम्म फोहर उठाउने ट्रिपर पठाएका थिए । सम्बन्धित पालिकाका स्थानीयहरु त्यही ट्रिपरमा चढ्न हतार गरिरहेका देखिन्थे ।


जेठको सुरुदेखि नै धनगढीको सीमा नाका गौरिफन्टा हुँदै दैनिक हजारौ सुदूरपश्चिमेली बासिन्दाहरु भारतका विभिन्न गठाउ“बाट नेपाल भित्रिरहेका छन् । बुधबारसम्म ५५ हजार बढि सुदूरपश्चिमेलीहरु गाउ“ फर्किएको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांक छ । ‘खासगरि ससाना बालबच्चा बोकेका आमाहरु, बालबालिकाहरु र बृद्धबृद्धाहरुको थकित अवस्थाले हामीलाई पनि भावुक बनाउ“छ । तर पनि हामी उनीहरुलाई खासै केही गर्न सकिरहेका छैनौं’ सीमा नाका खुलेको जेठ २ गतेदेखि नै गौरिफन्टामा खटिदै आएका जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत शिवराज जोशीले भने, ‘दैनिक आउनेहरुको समूहमा आधाजसो महिला र बालबालिकाहरु हुन्छन् ।’ इकान्तिपुरबाट

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares