पत्रकारलाई हौसला बढाउन ताली

पत्रकारलाई हौसला बढाउन ताली

१७ जेठ (धनगढी)
धनगढी उपमहानगरपालिका ३ मा रहेको क्वारेन्टाइनमा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई क्वारेन्टाईनमा बसेकाहरुले ताली बजाएर हौसला दिएका छन् । कान्तिपुरका पत्रकार सुदीप थापा, र एभिन्यूजका विवेक नागरिलाई शुक्रबार उनीहरुले ताली बजाएर हौषला प्रदान गरेका हुन् । कारोना भाईरसका कारण भारतमा लकडाउन भए संगै रोजगारी गुमेका कारण हजारौं नेपाली नागरिक स्वदेश फर्कने क्रम जारी छ । स्वदेश फर्केर क्वारेन्टाईनमा बसेकाहरुलाई समाजले हेपाहा व्यवहार गरेको उनीहरुको गुनासो छ । पत्रकारले आफुहरुलाई परेको समस्या बुझ्नका लागि नजिकै आएर जोखिम मोलेर समाचार संकलन गर्न आएकोमा उनीह? ख’सी भएको क्वारेन्टाईनमा बसेका वडा नं. ३ का वासिन्दा जगत रोकायाले बताए । कोरोना भाईरस जस्लाई पनि लाग्न सक्छ भाईरस वाट बच्न सावधानी अपनाउनु पर्ने आवश्यकता छ । तर भारतवाट आयो भन्दैमा हेलाको दृष्टिकोण वाट हेर्न नहुने उनीहरुको आग्रह थियो ।

Share This
  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares