सेतीलाई प्रजनन स्वास्थ्य सामाग्री

सेतीलाई प्रजनन स्वास्थ्य सामाग्री

१६ जेठ (धनगढी)
सेती प्रादेशिक अस्पताललाई प्रजनन स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) ले बिहीबार अस्पताललाई प्रजनन स्वास्थ्य सामाग्री (आरएच किट ११ बि) हस्तान्तरण गरेको हो । उक्त सामग्री प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. गुण राज अवस्थीमार्फत सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. हेमराज पाण्डेलाई हस्तान्तरण गरिएको हो । विपदको समयमा गर्भवती र सुत्केरीको समयमा हुने जटिलता व्यवस्थापन गर्न अत्यावश्यक हुने स्वास्थ्य सामग्री, महत्वपूर्ण एन्टिबायोटिक, जीवनरक्षाका लागि आवश्यक औषधिलगायत सामग्रीहरु हस्तान्तरण गरिएको क्षेत्रीय विकास संयोजक गिरी पन्थीले बताए । यस प्रदेशको रिफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्तालमा जटिल केसहरुको व्यवस्थापन हुने गरेको छ ।
डा. अवस्थीले विपदको समयमा प्रदान गरिएको सामाग्रीले आमाहरुको जीबन बचाउन सहयोग पुग्ने बताउँदै युएनएफपिएलाई धन्यवाद ब्यक्त गरेको युएनएफपिएका प्रजनन स्वास्थ्य अधिकृत निलकण्ठ गौतमले बताए ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares