खाद्य सुरक्षाको अवस्थाबारे सीमा क्षेत्रका बस्तीमा अनुगमन

खाद्य सुरक्षाको अवस्थाबारे सीमा क्षेत्रका बस्तीमा अनुगमन

२७ बैशाख, (धनगढी)
कोरोना भाइरसको सन्त्रासले लामो समयदेखि जारी रहेको लकडाउनले सीमा क्षेत्रका वस्तीहरुमा खाद्य सुरक्षा मिडिया नेटवर्कद्धारा स्थलगत अनुगमन गरिएको छ ।
कैलाली र कञ्चनपुरका सीमा क्षेत्रको स्थलगत अनुगमन पश्चात शुक्रबार अनुगमन समितिका प्रतिनिधिहरुले सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सुझावसहित लिखित प्रतिवेदन पेश गरेको छ ।
खाद्य अधिकारको क्षेत्रमा कृयाशिल फियान नेपालको संयोजनमा गठित खाद्य अधिकार मिडियो नेटवर्कको समन्वयमा कैलालीको हसुलिया र कञ्चनपुरका गड्डाचौकी, पुनर्वासलगायत क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो । स्थानीय बासिन्दाले अनुगमन समितिका प्रतिनिधिहरुसंग खाद्य संकट भोग्नु परेको, स्थानीय पालिकाहरुल्े उपलब्ध गराउने राहत नपाएको, औषधी उपचार गर्न कठिनाई भएको लगायतका अप्ठेराहरु सुनाएका थिए ।
शुक्रबार प्रतिवेदन बुझ्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहसमक्ष पेश गरिएको प्रतिवेदनमा सीमा क्षेत्रका बासिन्दाहरुको खाद्य सुरक्षाको अवस्था, स्वास्थ्य, सुरक्षा लगायतका सन्दर्भहरु समेटिएको अनुगमन टोलीको तर्फबाट फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत अधिवक्ता मुकुन्द बहादुर रानाले बताएका छन् । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको खटनपटन अत्यधिक सम्मानयोग्य रहेको र उनीहरुको व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने समितिका प्रतिनिधिहरुले मन्त्री शाहसमक्ष जानकारी गराएका थिए ।
मन्त्री शाहले प्रतिवेदन बुझ्दै अधिकारकर्मी र पत्रकारहरुद्धारा स्थलगत अनुगमन गरी वस्तुगत परिस्थतीका बारेमा जानकारी पाउँदा खुसी लाग्नुका साथै सरकारलाई आगामी दिनको रणनीति तय गर्न सहज भएको बताएका थिए । उनले प्राप्त सुझावहरुको कार्यन्वयनकालागी पहल गर्ने बताए ।
अनुगमन टोलीमा फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत अधिवक्ता मुकुन्द बहादुर राना, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल र वानका केन्द्रिय सदस्य हरी जोशी रहेका थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •