समस्यामा किसान

समस्यामा किसान

सुदिप थापा, १७ बैशाख (धनगढी)
किसानहरुले लकडाउनमै गहुँ काटे र भित्र्याए । तर बजार नपाएकाले उचित मूल्य पाउन सकेका छैनन् । उनीहरु सरकारले तोकेको मुल्यभन्दा सस्तोमा गहुँ बेच्नु पर्ने बाध्यतामा छन् ।
सरकारले तोकेको न्यूनतम मूल्यभन्दा प्रतिक्विन्टल २ सय रुपैयाँ सस्तोमा बेच्नु परेको किसानले बताएका छन् । प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ निर्धारण गरिएकोमा त्यति मुल्य पनि पाउन सकेका छैनन् । सरकारी काँटा नलाग्दा उचित मूल्य पाउन नसकेको किसानहरुको भनाई छ । प्रत्येक गल्ला ब्यापारीहरुले फरक फरक मुल्य भनि राखेकाले किसानहरुले गहुँको उचित मुल्य नपाएको धनगढी ८ का किसान धन बहादुर रानाल बताए ।
लकडाउनले आवतजावत तथा ढुवानी गर्न किसानहरु धेरैनै समस्यामा छ । धनगढीमा डेढ बिगाहा क्षेत्रफलमा गहुँ खेती गरेका किसान अमर सिँह रानाले किसानहरु समस्यामा परेको बताए । दैनिक आवश्यकता पुरा गर्न गहुँ नबेचि नहुने भएकाले घाटामा बेच्नुपर्ने बाध्यता रहेको रानाले गुनासो गरे ।
संस्थानले जहिले पनि किसानको धान÷गहुँ सकिएपछि गाउँमा खरिद केन्द्र लगाउने गरेको किसान बताउँछन् । किसानले बेचिसकेपछि संस्थानले बिचौलिया र व्यापारीबाट खरिद गर्ने गरेको उनीहरुको आरोप छ । यसमा संस्थानका कर्मचारी र खाद्य व्यापारीको मिलेमतो हुने गरेको उनीहरुले बताए । नेपाल खाद्य संस्थान प्रदेश कार्यालय धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले केन्द्रिय निर्देशन नआएकाले गहुँ खरिद गर्न नसकेको जानकारी दिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •