राष्ट्रपतिद्धारा अध्यादेश खारेज

राष्ट्रपतिद्धारा अध्यादेश खारेज

१२ बैशाख (धनगढी)
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन्।
‘मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् अध्यादेश र राजनीतिक दल सम्बन्धी अध्यादेशहरु खारेज गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत सोमबार मन्त्रिपरिषद् बैठकले यी दुई ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही दिन भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी थिइन्।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares