लम्कीकी संक्रमित महिला पनि डिस्चार्ज

लम्कीकी संक्रमित महिला पनि डिस्चार्ज

११ बैशाख (धनगढी)
बैशाख १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की ६५ बर्षीया महिला पनि निको भएर विहीबार घर फर्केकी छिन् । सुदूरपश्चिममा देखिएका पाँच जना संक्रमित विरामीमध्ये निको भएर घर फर्किने उनी चौथो विरामी हुन् । उनी वीरगञ्जबाट आएकी थिइन् । अब एक जना संक्रमित महिला मात्रै उपचाररत छिन् । उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

Share This
  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares