निकाे भएर फर्किए कञ्चनपुरका संक्रमित पनि

निकाे भएर फर्किए कञ्चनपुरका संक्रमित पनि

सुदीप थापा, १० बैशाख (धनगढी)
कोरोेना भाइसबाट संक्रमित कञ्चनपुर बेदकोटका स्थानीय पनि निकोे भएर बुधबार घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट निको भएर घर फर्किनेमा उनीसहित तीन जना भएका छन् ।
बुधबार घर डिस्चार्ज हुनेमा चैत १३ गते उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका बेदकोट नगरपालिका–१० घर भएका ४१ बर्षीय पुरुष हुन् । उनलाई कोरोनो संक्रमण देखिएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
अब कैलालीकै दुई जना महिला मात्रै उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Share This
  • 122
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    122
    Shares