सेतीमा आइसियु र भेन्टिलेटर थप, अब १०  आइसियु र ६ भेन्टिलेटर

सेतीमा आइसियु र भेन्टिलेटर थप, अब १० आइसियु र ६ भेन्टिलेटर

सुदीप थापा, १० बैशाख (धनगढी)
कोरोना भाईरसबाट संक्रमित मात्रको उपचार गर्नका लागि सेती प्रादेशिक अस्पतालमा आइसियु र भेन्टिलेटर थप गरिएको छ । अस्पतालका अनुसार २ वटा भेन्टिलेटर सहित ५ बेडको आईसियु सञ्चालन ल्याइएको हो ।
अस्पतालका प्रमुख हेमराज पाण्डेले प्रदेशभित्र कोरोनाको जटिल बिरामी भए आवश्यक उपचार गर्नका लागि आईसियुमा र भेन्टिलेटर थप गरिएको बताए । यी स‌गै सेती अस्पतालमा १० आइसियु र ६ भेन्टिलेटर भएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश सरकारले सेती र महाकाली अस्पतालमा आइसियु र भेन्टिलेटर थप गर्न रकम निकासा गरेको थियो । साथै सेती प्रादेशिक अस्पतालकै मातहतमा सञ्चालन हुने गरी धनगढीमा ५० शैयाको आईसोलेसन भवन समेत निर्माण भैरहेको छ ।

Share This
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares