सुदूरपश्चिमका अर्का युवाले पनि जिते कोरोना

सुदूरपश्चिमका अर्का युवाले पनि जिते कोरोना

९ बैशाख (धनगढी)
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किका छन् । दुबइबाट आएका धनगढी उप–महानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए । लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।
दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । चैत १४ गते कोरोना पुष्टि भएको थियो । अन्य तीन जना संक्रमितको भने उपचार भईरहेकै छ । ती मध्ये आइतबार डिस्चार्ज भएका युवाकी संक्रमित भाउजुको भने उपचार भइरहेकै छ ।

Share This
  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares