घरघरमा औषधि पुर्याउँदै अत्तरियाका  युवा

घरघरमा औषधि पुर्याउँदै अत्तरियाका युवा

पुस्कर सिंह, ५ चैत (अत्तरिया)
व्यवसायीसमेत रहेका अत्तरियाका युवा भोज साउँदले विरामीहरुको घरघर गएर निःशुल्क औषधी सहयोग गरिरहेका छन् । लकडाउनबाट अप्ठेरोमा परेका विरामीहरुको सहयोगका लागि उनले उक्त सेवाको कार्य गरिरहेका हुन् ।
नियमित सेवन गर्नुपर्ने औषधिहरु प्रेसर, सुगर, मुटु तथा छातीका औषधि किन्न समस्या भएका विरामीहरुलाई उनले घरमै पुगेर औषधि उपलब्ध गराईरहेको बताए । उनले कैलालीको धनगढी र कञ्चनपुरमा समेत निःशुल्क औषधी पुर्याईदिने बताए । उनले अत्यावसकीय औषधी चाहिएमा ९८४८४२६७०३ नम्बरमा सम्पर्क गर्न पनि भनेका छन् ।

Share This
  • 461
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    461
    Shares