कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार

२ बैशाख (धनगढी)
कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको र उनीहरुलाई पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताएका छन् ।
१७ वर्षीया ती किशोरी नयाँ वर्ष मनाउन आफन्तको घर गएका बेला घर फर्किने क्रममा बैशाख १ गते सामूहिक बलात्कारमा परेकी हुन् । उनलाई चार जनाको समूहले सडकबाट घिसार्दै करिब सय मिटरको दुरीमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares