उपचारमा लापरवाही नभएको माया मेट्रो अस्पतालको दावी

उपचारमा लापरवाही नभएको माया मेट्रो अस्पतालको दावी

२९ चैत (धनगढी)
धनगढीमा सञ्चालित निजी क्षेत्रको ठूलो अस्पताल माया मेट्रो अस्पतालले बिरामीको उपचारमा लापरवाहीले मृत्यु भएको चर्चामा कुनै सत्यता नभएको दावी गरेको छ ।
तीन दिनअघि गोदावरी नगरपालिकाको तेघरीका जनकलाल भट्टको उपचारका क्रममा निधन भएकाे थियाे ।
अस्पतालले शुक्रबार विज्ञप्ती जारी गर्दै उपचारमा कुनै लापरवाही नभएको बताएकाे हाे । विरामीका आफन्तले डाक्टरकाे सल्लाह नमान्दा विरामीको मृत्यु भएको हुन सक्ने अस्पतालकाे भनाइ छ । माया मेट्रो अस्पतालमा उपचार सम्भव नभए पछी अन्यत्र लैजान चिकित्सकले सुझाएको तर विरामीका आफन्तले नमानेको जनाएको छ ।
अस्पतालले भनेकाे छ कि उहाँको शुरुदेखि नै स्वास्थ अवस्था निकै विग्रेको र भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने हुदाँ उहाँलाई अन्यत्र लैजान सल्लाह दिएको अस्पतालको भनाई छ । अस्पतालमा भेन्टीलेटर खाली नदेखिएपछी विरामीका आफन्तलाई भेन्टीलेटर सुविधा सहितको आइसियु भएको ठाउँमा राख्नु पर्ने भएकाले यहाँबाट नजिकपर्ने कोहलपुर मेडिकल कलेज लैजान पटकपटक सुझाइएको थियो तर उहाँका आफन्तले नै इन्कार गरी विरामीको अवस्था जटिल हुदाँ पनि विना अक्सिजनको प्राइभेट गाडीमा घर लगिएको थियो।’ अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares