पक्षपात गरिएको राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीको गुनासो
२८ चैत (धनगढी)
प्रदेश सरकारले आफुहरुमाथि पक्षपात गरेको भन्दै सुदूरपश्चिममा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले प्रदेश सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारले बिहीबार जिल्ला प्रशासनलगायत अन्य तीन वटै सुरक्षा निकायलाई विशेष रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
‘कोरोनाको संक्रमण रोकथाम गर्न हाम्रो निकायका सुरक्षाकर्मी पनि खटिएकै छौं’ राष्ट्रि«य अनुसन्धान विभाग सुदूरपश्चिमका एक सुरक्षाकर्मीले भने, ‘प्रदेश सरकारले पुर्वाग्रही निर्णय गरेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले नौ वटै जिल्ला प्रशासन कार्यालयलाई पा“च पा“च लाख दिने निर्णय सरकारको छ । यस्तै नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको प्रदेश कार्यालयले पाउने गरी १५÷१५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मातहतको सुरक्षा निकाय हो ।